गाउँबाट भागेका मनलाई पुन गाउँमै फर्काउनुपर्छ -वरिष्ठ नेता पौडेल | Khabarhub Khabarhub

गाउँबाट भागेका मनलाई पुन गाउँमै फर्काउनुपर्छ -वरिष्ठ नेता पौडेल


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै रोजगारी र आम्दानी सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।

व्यास नगरपालिकाले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज आयोजना गरेको महिला हाफ म्याराथनको व्यास नगरपालिका–११ तनहुँसुरमा समापन गर्दै उनले भने गाउँमै रोजगारी सिर्जना गरेर मानिसलाई गाउँमै बसुँबसुँ लाग्ने बनाउनुपर्छ । 

वरिष्ठ नेता पौडेलले रोजगारी र सेवासुविधाको खोजीमा सहर झरेकालाई अब गाउँमै फर्काउनुपर्नेमा जोड दिए । पर्यटनको विकास गरेर गाउँमै रोजगारी सिर्जना गर्नुपर्छ, गाउँबाट भागेका मनलाई पुनःगाउँमै फर्काउनुपर्छ, त्यसका लागि स्थानीय तहले योजनाबद्ध कार्यक्रम ल्याउन आवश्यक छ उनले भने ।  

तनहुँसुर ऐतिहासिक ठाउँ हो, शहीदको गाउँ पनि हो, तनहुँसुरको ऐतिहासिक झल्काउने गरी यहाँ आउने वातावरण सिर्जना गर्नुपर्छ, उनले भने ।

सो अवसरमा वरिष्ठ नेता पौडेलले महिला हाफ म्याराथनका विजेतालाई पुरस्कार वितरण गरेका थिए ।प्रतियोगितामा कान्छीमाया कोजु प्रथम, रेखा बम विष्ट द्वितीय र नम्रता गुरुङ तृतीय भएका छन् ।

उनीहले क्रमशः रु ४१ हजार ७८, ३१ हजार ७८ र २१ हजार ७८ नगद प्राप्त गरेका छन् । खेलकूदका माध्यमबाट पर्यटन पवद्र्धनका लागि म्याराथन आयोजना गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ४ : १४ बजे

साझा उम्मेदवार खोज्दै तराई-मधेशका सात दल

काठमाडौं– निर्वाचन आयोगले विभिन्न तहमा रिक्त भएका पदको पूर्तिका लागि

कोशी प्रदेशसभा : विनियोजन विधेयक बहुमतले पारित

विराटनगर– कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘आर्थिक वर्ष २०८२/८३ को

प्रधानसेनापति सिग्देलद्वारा केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा भएका गौरवकुमार केसीलाई

बेपत्ता महिलाको खोजी गर्न कुकुर परिचालन

काठमाडौं– नुवाकोटमा बाढीमा बेपत्ता महिलाको खोजीका लागि सशस्त्र प्रहरी बल

ब्राउन सुगरसहित दुई जना पक्राउ

काठमाडौं– सशस्त्र प्रहरी बलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको द्वार नजिकै रहेको होटलबाट