महिलाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्धः प्रधानमन्त्री देउवा « Khabarhub

महिलाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्धः प्रधानमन्त्री देउवा


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाको हकका लागि संविधानले व्यवस्था गरेको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौँमा मंगलबार सरकारले गरेको समारोहमा प्रधानमन्त्री देउवाले महिलाको विषय सबैको साझा भएको भन्दै संविधानले व्यवस्था गरेको अधिकार सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले महिला अधिकार र सशक्तीकरणका लागि सबै एकजुट भएर लाग्नुपर्ने पनि बताए ।

प्रधानमन्त्री देउवाले महिलाविरुद्ध हुने सबैखाले भेद्भाव र हिंसाविरुद्ध अभियानकै रूपमा जुट्न सबैलाई आग्रह गरे ।

देशको कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरी महिलाको लैंङ्गिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार सुनिश्चित गर्न सबै प्रतिबद्ध हुनुपर्ने उनको भनाइ छ ।

समारोहमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले समाजमा विद्यमान पितृसतात्मक सोच र व्यवहारलाई निवारण गर्न नसक्नु चुनौतीको विषय भएको बताइन् ।

महिला हिंसा र असमानतालाई पूर्ण रूपमा निर्मूल नपारेसम्म देश र समाजको आर्थिक सामाजिक विकास नहुने उहाको भनाइ छ ।

‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ यस वर्षको महिला दिवस मनाइएको हो । सन् १९१० को मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्न तथा महिला हक अधिकार स्थापित गर्न सङ्घर्ष सुरु गरेको दिनका रूपमा विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ४ : ३४ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन