संविधान कार्यान्वयनका लागि दबाब सिर्जना गर्न प्रचण्डको आह्वान « Khabarhub

संविधान कार्यान्वयनका लागि दबाब सिर्जना गर्न प्रचण्डको आह्वान


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान कार्यान्वयनका लागि दवाव सृजना गर्न सबै समुदायलाई आह्वान गरेका छन् ।

अध्यक्ष दाहालले सबै समुदायले सचेत भएर संविधानको इमान्दार कार्यान्वयनका लागि दवाव नदिए मुलुक प्रतिगमनतर्फ उन्मुख हुनेतर्फ पनि सचेत गराए ।

मंगलबार काठमाडौंमा आयोजित ‘जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयनको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले पार्टी भित्र पनि दलित समुदायका जनप्रतिनिधिमाथि विभेद भइरहेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि पार्टी र सरकार दुवैमा उजुरी दिन पनि पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

ठूलो त्याग, तपस्या र बलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको इमान्दार कार्यान्वयनका लागि हरेकले जागरण अभियान संचालन गर्नुपर्ने अध्यक्ष दाहालको भनाइ छ ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ५ : १० बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असार ९ गते मंगलबार सन् २०२६

आज २०८३ साल असार ९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ९ गते मंगलबार सन् २०२६

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका