आतंकवादबाट प्रभावित देशहरूको सूचीको शीर्ष स्थानमा अफगानिस्तान | Khabarhub Khabarhub

आतंकवादबाट प्रभावित देशहरूको सूचीको शीर्ष स्थानमा अफगानिस्तान


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफगानिस्तान सन् २०२१ मा आतङ्कवादबाट प्रभावित देशहरूको सूचीको शीर्ष स्थानमा परेको छ । स्थानीय मिडियाले अर्थशास्त्र र शान्ति संस्थान आईईपी द्वारा प्रकाशित विश्वव्यापी आतङ्कवाद सूचकाङ्कलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो ।

अफगानिस्तानमा सन् २०२१ मा आतङ्कवादबाट १, ४२६ जनाको ज्यान गएको छ जुन विश्वमा भएका आतङ्कवादी गतिविधिबाट ज्यान गुमाउनेहरुको कुल सङ्ख्याको २० प्रतिशत हो ।

आईईपी प्रतिवेदनअनुसार अफगानिस्तानमा आतङ्कवादी घटनाहरूमा कम्तिमा २,१९९ जना घाइते भएका छन् भने ९१ जना बन्धक पारिएका छन् ।

अफगानिस्तान पछि इराक र पाकिस्तानमा सबैभन्दा धेरै आतङ्कवादी हमला  गरिएका प्रतिवेदनमा जनाइएको छ । यसैबीच, अगस्टको मध्यमा अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि आर्थिक अस्तव्यस्तता र गम्भीर मानवीय संकट निम्त्याएको छ।

संयुक्त राष्ट्रसंघका अनुसार अफगानिस्तानमा २ करोड ४० लाखभन्दा बढी मानिसलाई मानवीय सहायता आवश्यक छ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ५ : ४५ बजे

पुनःउत्पादित प्लाष्टिकको मानकीकरण चुनौतीपूर्ण : विज्ञ

काठमाडौं – ‘रिसाइकल’ गरिएका प्लाष्टिकका उत्पादनको मानकीकरण चुनौतीपूर्ण रहेको सरोकारवालाहरूले

गण्डकीमा बर्सेनि खेर जान्छ सवा दुई करोडको खोप

पोखरा – बालबालिकाको खोपका लागि सरकारले गण्डकी प्रदेशमा मात्र करिब

बाढीले कमलाको काठेपुल बगाएपछि आवागमनमा समस्या

सिरहा – हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको

प्रदीप नेपालबारे प्रचण्ड : देशले वामपन्थी प्रखर नेता गुमायो

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

रोनाल्डोका छोरा रोनाल्डो जुनियर पोर्चुगलको यू-१५ राष्ट्रिय टोलीमा

काठमाडौं- पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियरलाई पोर्चुगलको