सामसुङमाथि साइबर हमला, ग्यालेक्सी फोनको सोर्स कोड समेत लिक « Khabarhub

सामसुङमाथि साइबर हमला, ग्यालेक्सी फोनको सोर्स कोड समेत लिक


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्मार्टफोन निर्माता कम्पनी सामसुङले आफ्नो आन्तरिक डेटा चुहिएको जनाएको छ । ह्याकरहरुले सामसुङको १९० जीबी डेटा लिक गरेका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लाप्सस भनिने ह्याकरहरुको समूहले सामसुङको डेटा आफ्नो टेलिग्राममार्फत् सार्वजनिक समेत गरिदिएका छन् । यही ह्याकर समूहले केही अघि न्भिडियामाथि पनि आक्रमण गरेको थियो ।

सामसुङको ग्यालेक्सी ब्राण्डको स्मार्टफोनको समेत अपरेशनल सोर्स कोड ह्याकरहरुले चुहाएको जनाइएको छ ।

सामसुङ कम्पनीले पनि आफ्नो डेटा ह्याक भएको पुष्टि गरेको छ । कम्पनीको आन्तरिक डेटा लिक भएपनि प्रयोगकर्ताको डेटामा भने कुनै असर नपरेको जनाइएको छ ।

कम्पनीका प्रवक्ताले जनाएअनुसार भविष्यमा यस्तै किसिमको घटना नदोहोरियोस् भन्नाका लागि तयारीहरु भइरहेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ५ : ३० बजे

युद्धविरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने

वासिङ्टन – अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र