हत्याका आरोप १५ वर्षपछि बहराइनबाट समातिए « Khabarhub

हत्याका आरोप १५ वर्षपछि बहराइनबाट समातिए


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हत्याका आरोपी १५ वर्षपछि बहराइनबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कास्की लेखनाथ सातमुहानेका ४६ वर्षीय अशोक गुरूङ छन् ।

कास्कीको लेखनाथमा मजदुरी गरी बस्ने सुनसरी धरानका २० वर्षीय रोजन राईको हत्या घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।

२०६३ वैशाख २९ गते बेलुकी कुटपिटबाट सख्त घाइते भएका राईको उपचारका क्रममा २०६३ जेठ २ गते मृत्यु भएको थियो ।

गुरुङ घटनापश्चात् वैदेशिक रोजगारीका लागि बहराइन गएका थिए । त्यसपछि उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा

२०७८ मंसिर २७ गते ईन्टरपोल महासचिवालयबाट ‘रेड नोटिस’ जारी गरिएको थियो ।

उनलाई बहराइनमा पक्राउ गरिएको हो । गुरुङलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले मंगलबार नेपाल ल्याएको हो ।

अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ५ : ५४ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि