जगंलमा आगो निभाउँदा एकको मृत्यु  एक गम्भीर घाइते « Khabarhub

जगंलमा आगो निभाउँदा एकको मृत्यु  एक गम्भीर घाइते


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- पश्चिम म्याग्दीको मालिका गाउँपालिका मा पर्ने भिरखर्क सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ ।

आगो निभाउने क्रममा २६ वर्षीय मनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । सोही आगलागीमा परी मृतक बोहराका भाइ २१ वर्षीय बोहरा घाइते भएका छन्। सोमबार रातिदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । जगंलमा लागेको आगो बस्तीमा आउन थालेपछि आगो निभाउने क्रममा मनबहादुरको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी वीरेन्द्रराज गुरुङले जानकारी दिए ।

उनका अनुसार मृतक मनबहादुरका भाइको स्वास्थ्य अवस्था पनि गम्भीर रहेको छ । इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोली, स्थानीयवासी, युवा क्लब, लायन्स क्लब, रेडक्रसकर्मी सहयोगमा उद्धार गरी घाइते बोहोरालाई प्राथमिक स्वास्थ्य केन्द्र दरबाङमा ल्याइएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि घाइतेलाई थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको लायन्स क्लब अफ म्याग्दी दरबाङका अध्यक्ष अमृत सापकोटाले जानकारी दिए । दरबाङ बजारवासी, लायन्स क्लब, दरबाङ विपद् व्यवस्थापन समिति, जनप्रतिनिधि, सङ्घ संस्था र स्थानीयवासीको सहयोगमा प्रभु हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी भइरहेको उनले बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ८ : ४६ बजे

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको