लेवान्डोवस्कीको ह्याट्रिकमा बायर्न क्वार्टरफाइनलमा | Khabarhub Khabarhub

लेवान्डोवस्कीको ह्याट्रिकमा बायर्न क्वार्टरफाइनलमा


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बायर्न म्युनिखले साल्जबर्गमाथि अन्तिम १६ दोस्रो लेगमा ७-१ को सानदार जित निकालेको छ।

मंगलबार राति भएको खेलमा स्ट्राइकर रोबर्ट लेवान्डोवस्कीले ह्याट्रिक पूरा गरेपछि बायर्न च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

तीन साता अघि पहिलो लेगमा १-१ को बराबरी खेलको बायर्न लेवान्डोवस्कीले सुरुआती २३ मिनेटमा ह्याट्रिक पूरा गर्दा सहज जित हात पार्न सफल भएको हो ।

बायर्न समग्रमा ८-२ को जितसहित अन्तिम आठमा प्रवेश गरेको हो । १२औं मिनेटमा लोवान्डोवस्कीको पेनाल्टी गोलमा बायर्नले अग्रता लिएको थियो ।

२१औं मिनेटमा लेवान्डोवस्कीले दोस्रो पेनाल्टी प्रहारको पनि सदुपयोग गर्दा बायर्नले अग्रता दोब्बर पारेको थियो । त्यसको दुई मिनेटपछि नै लेवान्डोवस्कीले ह्याट्रिक पूरा गर्दै बायर्नको अग्रता ३-० मा पुर्‍याएका थिए । लेवान्डोवस्की च्याम्पियन्स लिग लिगमा सबै भन्दा छिटो ह्याट्रिक पूरा गर्ने खेलाडी समेत बनेका छन् ।

३१औं मिनेटमा सेर्जी जीनाब्रीले बायर्नका लागि चौथो गोल गरे । ५४औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई सहज जिततर्फ डाेर्‍याएका थिए ।

७०औं मिनेटमा काजगार्डको गोलमा साज्जबर्गले गोलअन्तर कम गर्ने संकेत गरेको थियो ।

८३औं मिनेटमा मुलरको गोलमा बायर्नले आफ्नो अग्रता ६-१ मा पुर्‍याएको थियो । त्यसको दुई मिनेटपछि नै लोरी सेनले बायर्नका लागि सातौँ गोल गरे ।

अन्तिम १६ को अर्को खेलमा इन्टर मिलानसँग दोस्रो लेगमा १-० अन्तरको हार बेहोरे पनि लिभरपुलले समग्रमा २-१ ले विजयी हुँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ७ : ३८ बजे

व्यवस्था ठीक छ, नेताहरूको आचरण ठीक भएन : कोइराला सशांक

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. सशांक कोइराला नवलपरासी पूर्व निर्वाचन

सिमकोट छिट्टै राष्ट्रिय सडक सञ्जालसँग जोडिने छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही दिनमा

राष्ट्रसङ्घीय क्षेत्रीय मन्त्रिस्तरीय सम्मेलनमा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसङ्घीय क्षेत्रीय

ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते 

चितवन– पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जङ्गलमा ग्यास बुलेट र

फेरिएको लोपोन्मुख वनकरियाको जीवनशैली

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्ने अतिलोपोन्मुख वनकरिया केराको पातको