मेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि चार करोड « Khabarhub

मेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि चार करोड


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – गत असार १ र साउन १६ गते आएको मेलम्ची र इन्द्रावती बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा रु चार करोड रकम विनियोजन गरेको छ ।

भू तथा जलाधार संरक्षण कार्यक्रमअन्तर्गत मन्त्रालयले ३१ योजनासहित तत्काल रु चार करोड रकम स्वीकृत गरेको हो । पाँचपोखरी, हेलम्बुबाट ढाँडखोलासम्म ३१ योजनाका लागि रु चार करोड तत्काललाई विनियोजन गरे पनि बाँकी रु सात करोड रकम पनि यही आर्थिक वर्ष २०७८-७९ मा स्वीकृत भई कार्यान्वयनमा आउने प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलालले बताए।

प्रदेशसभा सदस्य दुलालको पहलमा बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि सरकारले बजेट विनियोजन गरेको हो । मेलम्ची र इन्द्रावती नदी नियन्त्रण तथा बस्ती संरक्षणका लागि पहिलो चरणमा पाँचपोखरी, हेलम्बुबाट ढाँडखोलासम्म योजना मुताविक विनियोजित रकमबाट काम हुने दुलालको भनाइ छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ९ : ०० बजे

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई