बागी उम्मेद्वारी दिनेलाई पार्टीले कारबाही गर्छ : उपसभापति गुरुङ | Khabarhub Khabarhub

बागी उम्मेद्वारी दिनेलाई पार्टीले कारबाही गर्छ : उपसभापति गुरुङ


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाल इञ्जीनियर एशोसिएशनको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उभिनेलाई पार्टीले कारबाही गर्ने चेतावनी दिएका छन्।

नेपाल इञ्जीनियर एशोसिएशन ३३औँ कार्यकारिणी समितिको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इञ्जीनियर (सिडेन)ले मङ्गलबार राति आयोजना गरेको कार्यक्रममा उनले लोकतन्त्रका नाममा गल्ती गर्ने छुट कसैलाई नभएको बताए।

‘सेन्टर फर डेमोक्रेटिक इञ्जीनियरको साझा उम्मेदवार इञ्जीनियर डा हरिबहादुर दर्लामी समूह हो, सिङ्गो कांग्रेसको साथ र समर्थन डा दर्लामी समूहलाई छ’, उनले भने। उपसभापति गुरुङले पार्टीको झण्डा बोकेर बागी उम्मेद्वारी दिनेलाई पार्टीले कारबाही गर्ने स्पष्ट पारे ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  १० : ३० बजे

रविलाई भेट्न भैरहवा कारागार पुग्यो माधवअधिकार आयोगको टोली

रुपन्देही- सहकारीको करोडौं रकम ठगी अभियोगमा सर्वोच्च अदालतको समेत आदेशमा

लम्पी स्किनबाट ३० वटा गाईगोरु मरे

चितवन– पशु चौपायमा लाग्ने रोग लम्पी स्किनबाट जिल्लामा ३० वटा

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, हलेसी आउने तीर्थालु अलपत्र

खोटाङ– लगातारको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्ड

लमजुङमा अटो दुर्घटना, सात जना घाइते

सुन्दरबजार– लमजुङको सुन्दरबजारबाट पाउँदीतर्फ जाँदै गरेको यात्रुवाहक अटो दुर्घटना हुँदा

पोखरास्थित सिद्ध महायोग साधना केन्द्रमा चतुर्मास व्रत अनुष्ठान, दैनिक सत्सङ्ग र साधना हुँदै

काठमाडौं- हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्र पोखराले गुरुपूर्णिमादेखि चतुर्मास