‘जे जी’ बने पहिलो अर्बपति र्‍यापर | Khabarhub Khabarhub

‘जे जी’ बने पहिलो अर्बपति र्‍यापर


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लस एन्जलस– अमेरिकी र्‍यापर जे जी पहिलो अर्बपति र्‍यापर बनेका छन् । अमेरिकाको फोर्ब्स पत्रिकाले र्‍यापर जे जीलाई अर्बपतिको सूचीमा दर्ता गरेको हो ।

वास्तविक नाम शन कार्टर रहेका र्‍यापर जे जीको बहुर्राष्ट्रिय यातायात सञ्जाल उबेरमा ७ करोड अमेरिकी भन्दा धेरैको लगानी रहेको बताइएको छ । त्यस्तै, टिडाल नामक स्ट्रिमिङ सेवा तथा रक नेशन स्पोट्र्स म्यानेजमेन्ट कम्पनीका मालिकसमेत रहेका उनको ७ करोड अमेरिकी डलर बराबरको कलासंग्रह र अन्य सम्पत्ति समेत रहेको फोर्ब्सले जनाएको छ ।

यी सम्पत्तिका कारण उनी अर्बपतिको सूचीमा सूचीकृत हुन सफल भएको फोर्ब्सले लेखेको छ । यसअघि सन् २०१४ मा डाक्टर ड्रेले बिट्स म्युजिक नामक स्ट्रिमिङ सेवा अमेरिकी प्राविधिक कम्पनी एप्पललाई विक्री गरेपछि आफू इतिहासमै पहिलो अर्बपति हिपहप कलाकार बनेको दाबी गरेका थिए ।

त्यसबेला उनको कूल सम्पत्ति १ अर्ब १० करोड भएपनि संघीय तथा स्थानीय कर कटाएपछि उनको कुल सम्पत्ति १ अर्ब भन्दा केही कम रहेको बताइएको थियो ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ६ : ३६ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न