रुसी गोलाबारीमा परी चर्चित युक्रेनी अभिनेताको मृत्यु « Khabarhub

रुसी गोलाबारीमा परी चर्चित युक्रेनी अभिनेताको मृत्यु


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनका चर्चित अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता पाशा लीको रुसी गोलाबारीमा परी मृत्यु भएको छ ।

राजधानी किभ नजिकै रहेको इर्पिन शहरमा रुसी गोलाबारीमा परी उनको मृत्यु भएको युक्रेनी अधिकारीले जनाएका छन् ।

रुसले युक्रेनमाथि आक्रमण थालेयता ३३ वर्षे ली युक्रेनी ‘भूमि रक्षा दल’ मा भर्ना भई युद्धमोर्चामा खटिएका थिए ।

विभिन्न फिल्ममा अभिनय गरेका उनले द होबिट र द लायन किङ्गको युक्रेनी डबमा आवाज पनि दिएका थिए ।

सन् २००६ मा ‘द पिट’ भन्ने फिल्म खेलेयता उनले युक्रेनमा चर्चित अभिनेताको छवि बनाएका थिए । उनले पछिल्लो पटक ‘मिटिङ अफ क्लासमेट’ भन्ने फिल्म खेलेका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ३ : २३ बजे

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब