भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा दुई जना पक्राउ « Khabarhub

भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा दुई जना पक्राउ


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यूट्युव च्यानल मार्फत अनर्गल वक्तव्य बाजी तथा चरित्र हत्या गर्ने उद्देश्यले भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा नागार्जुन नगरपालिका–८ भिमढुंगा बस्ने ५३ वर्षीय हरि उदासी भन्ने हरि परियार र तारकेश्वर नगरपालिका–४ शेषमती बस्ने लमजुङ राईनास नगरपालिका स्थायी ठेगाना भएका २७ वर्षीय निशान चिलवाल रहेका छन् ।

हरिले ‘नेपाल मिडिया’ र निशानले ‘विशाल नेपाल’ नामक यूट्युव च्यानल मार्फत गम्भीर प्रकृतिको अपराध अनुसन्धानको प्रक्रियालाई समेत प्रभावित पार्ने उद्देश्यका साथ भ्रामक समाचार सम्प्रेषण आरोप प्रहरीले लगाएको छ । 

उनीहरुले पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी भ्रामक समाचार सम्प्रेषण तथा अनर्गल वक्तव्य बाजी गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको दाबी प्रहरीको छ । 

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूमाथि जिल्ला अदालत काठमाडौंबाट ७/७ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ५ : ३९ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा