लाङटाङ निकुञ्जले बरामद भरुवा बन्दुक प्रहरीलाई बुझायो « Khabarhub

लाङटाङ निकुञ्जले बरामद भरुवा बन्दुक प्रहरीलाई बुझायो


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- लाङटाङ राष्ट्रिय निकुञ्जले बरामद गरेको भरुवा बन्दुक प्रहरीलाई बुझाएको छ । निकुञ्ज क्षेत्रमा विभिन्न समयमा फेला परेका भरुवा बन्दुक प्रहरीलाई बुझाइएको हो ।

बुधबार सदरमुकाम धुन्चेस्थित निकुञ्ज कार्यालयमा एक कार्यक्रमको आयोजना गरी निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दलाई बन्दुक हस्तान्तरण गरेका छन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईका अनुसार निकुञ्जको विभिन्न समयमा विभिन्न स्थानमा ठुलो भरुवा बन्दुक ११ थान, सानो भरुवा बन्दुक २ थान र भरुवा बन्दुकको नाल २ थान फेला पारिएको थियो ।

बेवारिसे अवस्थामा फेला पारिएका हतियार वन्यजन्तुको चोरी सिकारका लागि प्रयोग हुने गरेको भट्टराईले बताए । निकुञ्जले टुर गस्तीलगायतको संरक्षण सम्बन्धी कार्यक्रम सशक्त रूपमा सञ्चालन गरेको अवस्थामा चोरी सिकार गर्नेले बेवारिसे अवस्थामा छोडेर भागेका हुनाले हतियार नियन्त्रणमा आएको बताइएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ८ : ३० बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका