को हुन् पुटिनकी ‘गोप्य छोरी’ जसले भर्खरै इन्स्टाग्राम डिलिट गरिन् « Khabarhub

को हुन् पुटिनकी ‘गोप्य छोरी’ जसले भर्खरै इन्स्टाग्राम डिलिट गरिन्


२६ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जालमा ट्रोलको सिकार भएपछि पुटिनकी १८ वर्षे ‘गोप्य छोरी’ ले एकाएक आफ्नो इन्स्टाग्राम हेण्डल डिलिट गरेकी छिन् । ट्रोलहरुको शिकार भएपछि हाल सेन्ट पिटर्सबर्गमा अध्ययनरत १८ वर्षे लुइजा रोजोभाले इन्स्टाग्राम हेण्डल डिलिट गरेकी हुन् ।

युक्रेनमाथि रुसले आक्रमण गरेपछि उनको इन्स्टाग्राममा जथाभावी लेखेर ट्रोलहरुले उनलाई दुःख दिँदै आएका थिए । उनलाई लक्षित गरी शेयर गरिएको एउटा पोष्टमा लेखिएको छ, “के तिमी बङ्करभित्र लुकिरहेकी छौ ? मुसा जस्तै ?”

लुइजा रुसकी धनाढ्य‍‍ महिला एवम् महत्वपूर्ण रुसी बैंकको स्वामित्व समेत भएकी ४५ वर्षे स्वेतलाना क्रिभोनोगिखकी छोरी हुन् । कुनै समय सफाईको काम गर्ने स्वेतलानाको अहिले भने कूल सम्पत्ति ५६ लाख अमेरिकी डलर र मोनाकोमा केही सम्पत्ति रहेको बताइन्छ ।

रुसी स्वतन्त्र मिडियाहरुले राष्ट्रपति पुटिन लुइजाका पिता रहेको हुनसक्ने आशंका गर्दै आएका छन् । पुटिनले विवाह बाहिरको सम्बन्धबाट छोरी जन्माएको भनी दाबी गर्ने उक्त मिडियालाई रुसी अधिकारीले बन्द गरिदिएका थिए ।

लुइजाले पनि रुसी जीक्यू म्यागजिनलाई दिएको अन्तरवार्तामा ‘सायद’ आफू युवा उमेरका पुटिनजस्तै देखिने बताएकी थिइन् । यद्यपि स्वेतलानाले पुटिन लुइजाका बाबु हुन् भन्ने विषयमा कुनै टिप्पणी गरेकी छैनन् ।

डिलिट गर्नुअघि उनको इन्स्टाग्राममा ८४ हजार फलोअर्स थिए । अहिले उनको अकाउन्ट खोज्दा इन्स्टाग्राममा रुसी भाषामा ‘प्रयोगकर्ता भेटिएन’ भन्ने सन्देश आउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार  ४ : ५१ बजे

सिमलखेतका विपन्न दलितलाई बाख्रा पाल्न अनुदान

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० सिमलखेतका विपन्न दलित समुदायलाई स्वरोजगारतर्फ उन्मुख गराउने

‘एक घर एक धारा’ले फेरियो दैनिकी

बलेवा– भौगोलिक हिसाबले बागलुङ जिल्लाको अति विकट मानिने जैमिनी नगरपालिका–३

बालबालिकाको सुरक्षा विवादबीच न्यू मेक्सिकोमा फेसबुक र इन्स्टाग्राम बन्द गर्ने मेटाको चेतावनी

एजेन्सी– अमेरिकी प्रविधि कम्पनी मेटाले न्यू मेक्सिको राज्यमा आफ्नो सामाजिक

बागमती किनाराका बस्ती हटाउने अभियान तीव्र, दुई हजार संरचना हटाइयो

काठमाडौं – काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित

रास्वपाको सचिवालय बैठक आइतबार बस्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)को सचिवालय बैठक आइतबारका लागि बोलाइएको