राष्ट्रपति विद्यादेवी भण्डारी रोजा इफ्तारमा सहभागी « Khabarhub

राष्ट्रपति विद्यादेवी भण्डारी रोजा इफ्तारमा सहभागी


२१ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता एवम् आपसी सद्भाव कायम गर्न मुस्लिम समुदायको उत्तरदायी भावना रहेको बताएकी छिन् ।

मुस्लिम समाज बाँकेले मंगलबार साँझ नेपालगञ्जमा आयोजना गरेको ‘रोजा इफ्तार’ समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता एवम् आपसी सद्भाव कायम गर्न यस्ता पर्वले प्रेरणा प्रदान गरेको बताइन् ।

मुस्लिम समुदायसँग भेटघाट र अन्तरक्रिया गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै उहाँले रोजा इफ्तारका अवसरमा सुख, शान्ति र समृद्धिको कामना गरिन् । राष्ट्रपति भण्डारीले भनिन, “मुस्लिम समुदायभित्र रहेका समस्या र समुदायले उठाएका जायज सवालप्रति सरकार जानकार रहेकाले सम्बोधन हुनेमा आशावादी छु ।’

“भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाज कुनै पनि मुलुकको सभ्यता, सांस्कृतिक सम्पन्नता र पहिचानका जीवन्त सूचक हुन्”, राष्ट्रपति भण्डारीले भनिन्, “हामी सम्पूर्ण नेपालीले आफ्नो मातृभूमिको सभ्यता, सम्पन्नता र विविधतालाई जोगाउन आ–आफ्नो स्थानबाट आपसी सद्भावलाई अक्षुण्ण राखी राष्ट्रिय एकता कायम गरौँ ।’

पहिलो पटक ‘रोजा इफ्तार’मा सहभागी भएकी राष्ट्रपति भण्डारीलाई मुस्लिम समुदाय बाँकेले विभिन्न चार बुँदे अनुरोधपत्र बुझाएको छ ।

राष्ट्रपति भण्डारी मंगलबार नेपालगञ्जमै बसेर बुधबार बिहान बाँकेको बैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

प्रकाशित मिति : २१ जेठ २०७६, मंगलबार  ९ : ४३ बजे

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की– पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित

टोलीभित्र कुनै तनाव छैन, रोनाल्डो हाम्रा रोल मोडल हुन्: प्रशिक्षक मार्टिनेज

काठमाडौँ – पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो टोली पहिलेभन्दा

चट्याङ लागेर एक युवकको मृत्यु

झापा– झापाको गौरीगञ्जमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ

सुकुम्वासी व्यवस्थापनमा पन्छिँदै प्रधानमन्त्री

काठमाडाैँ– काठमाडौँ महानगर प्रमुखको कार्यकालमा नै वालेन्द्र शाहले २०८२ साउन

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल