रुस-युक्रेन विदेशमन्त्री वार्ता : युद्धविराम गराउन असफल « Khabarhub

रुस-युक्रेन विदेशमन्त्री वार्ता : युद्धविराम गराउन असफल


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुस र युक्रेन युद्धको निकासका लागि भएको दुई देशका विदेशमन्त्रीको भेट असफल भएको छ । टर्कीमा भएको पहिलो चरणको वार्ता बिना सहमति विफल भएको हो । युद्धविराम गर्ने अनुमान गरिए पनि सहमति हुन नसकेको हो ।

रुसी विदेशमन्त्री लाभ्रोभले सैन्य कारबाही योजना अनुसार अगाडि बढेको बताएका छन् । युक्रेनलाई हतियार देखाएर पश्चिमा राष्ट्रले डरलाग्दो व्यवहार गरेको उनको भनाइ छ ।

यता युक्रेनी विदेशमन्त्री दिमित्रो कुबेलाले भने मानवीय सहायतका मुद्दामा समाधान खोज्ने प्रयास भएको बताएका छन्

पुनः भेट गर्नेगरी पहिलो चरणको छलफल सकिएको उनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

युक्रेनी विदेशमन्त्री कुबेलाले युद्ध अन्त्यका लागि यस्ता भेटलाई जारी राख्ने बताएका हुन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ५ : ४९ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया