रसुवागढी नाकाबाट आयात बढाउन चीन-नेपाल सहमत « Khabarhub

रसुवागढी नाकाबाट आयात बढाउन चीन-नेपाल सहमत


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आयात बढाउन दुई देशका सीमा अधिकारीबीच छलफल भएको छ । दुई देशका सीमा अधिकारीबीच बिहीबार सामानको आयात बढाउन भर्चुअल मार्फत छलफल भएको हो । 

भर्चुअल बैठकमा चीनबाट नेपालतर्फ सामान आयात बढाउने सहमति भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । मंगलबारदेखि दैनिक १४ वटा कन्टेनरमा सामग्री आउने उनले बताए । अहिले नाकाबाट दैनिक नाै वटा कन्टेनरमा सामग्री आयात भइरहेको छ । 

कोभिड–१९ को प्रभाव चीन र नेपाल लगायत विश्वभर नै न्यून हुँदै गएको र रसुवाका सबै नागरिकले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाइसकेकाले नाका कोभिड पूर्वको अवस्थामा नै सञ्चालन गर्ने विषयमा छलफल गरिएको उनले बताए ।

नेपाली पक्षले नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन नसकिए पनि दैनिक २५ वटा कन्टेनरमा सामग्री ल्याउन प्रस्ताव गरेको थियो । यस्तै बैठकमा लामो समयदेखि निर्यात रोकिएका कारण नेपाली सामग्री चीनतर्फ निकासी हुन नपाएको विषयमा समेत छलफल भएको छ । 

बैठकमा केरुङमा व्यापार व्यवसाय गर्दै आएका नेपालीहरू कोभिडका कारण केरुङ फर्किन नपाएका र अहिलेसम्म पनि घरभाडा तिर्नुपरेकोले यसमा सहजीकरण गर्न, नेपालमा २५ हजार मेट्रिक टन रासायनिक मल आयात हुन बाँकी रहेकाले ग्रिन च्यानलमार्फत आयात हुने व्यवस्था मिलाउन, चीन सरकारको अनुदानमा जिल्लाको टिमुरेमा निर्माण हुन लागेको सुख्खा बन्दरगाहको कामलाई तिव्रता दिन आग्रह गरिएको छ ।

चीन सरकारको अनुदानमा सुरु हुन लागेको स्याफ्रु रसुवागढी सडक खण्डको स्तरोन्नतिको काम सुरु गर्न र सीमा नाकामा हुन सक्ने अवैध वस्तुको चोरी सिकारी पैठारी र अपराध नियन्त्रणका लागि विशेष सतर्कता अपनाउन आग्रह गरिएको प्रजिअ जैसीले बताए । नेपालको तर्फबाट रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसी र चीनको तर्फबाट ची लोङ काउन्टीका मेयर ता छोनले बैठकको नेतृत्व गरेका थिए । 

नेपाल पक्षको मागबमोजिम नाकाबाट सामग्रीको आयात बढाउनेबारे चीन तयार रहेको ची लोङ काउन्टीका मेयर छोनले जानकारी दिएको प्रजिअ जैसीले बताए । चिनियाँ अधिकारीले सीमा सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गर्न, कोभिड–१९ को नियन्त्रण एवं रोकथाममा सहयोग गर्न, सीमा क्षेत्रमा हुने वन डडेलो नियन्त्रण गर्नका लागि विशेष पहल गर्न आग्रह गरेका थिए । 

विश्वव्यापी फैलिएको कोभिड १९ का कारण १५ माघ २०७६ देखि २२ जेठ २०७७ सम्म रसुवागढी नाका बन्द भएको थियो । त्यसयता चीनले एकतर्फी नाका संचालन गरेको छ । 

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  १ : ०० बजे

आज मदन भण्डारीको ७५औँ जन्मजयन्ती, ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा उभिने

काठमाडौँ– नेकपा एमालेले आज जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती विशेष

इन्जुरी समयमा सनसनीपूर्ण गोल: अस्ट्रियाको नाटकीय बराबरीसँगै स्पेनसँगको भेट पक्का

काठमाडौँ – खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले

मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी

काठमाडौँ – स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम– वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली सडकखण्ड

अर्जेन्टिनालाई सुरुवाती अग्रता, जोर्डन दबाबमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा