बेँसीसहर–चामे सडकको कल्भर्ट निर्माण गरिँदै | Khabarhub Khabarhub

बेँसीसहर–चामे सडकको कल्भर्ट निर्माण गरिँदै


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकको निर्माण कार्य तीव्रगतिमा भइरहेको छ ।

डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका अनुसार सडकखण्डको तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माणका लागि यही फागुन २० देखि आगामी चैत ५ गतेसम्मका लागि सडक बन्द गरिएको छ ।

जिल्लाको नासोँ गाउँपालिका–९ स्थित तिमाङ छहराको दुई ठाउँमा कल्भर्ट निर्माण तीव्रगतिमा भइरहेको हो । गत असारमा आएको बाढीले काठेपुल बगाएपछि पुनः काठेपुल राखेर यातायात सञ्चालनमा भएकामा गत कात्तिकमा आएको बाढी र पहिराले फेरी काठेपुल बगाएको थियो ।

उक्त काठेपुल जीर्ण हुँदै गएको र आगामी बर्खायाममा फेरि समस्या उत्पन्न हुने भएकाले व्यवस्थित गर्न ढलान सहितको स्ल्याभ कल्भर्ट निर्माण भइरहेको प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी र जिल्लाको सुरक्षा निकायद्वारा सडक निर्माण कार्यको निरीक्षण गरिएको थियो । निरीक्षणका क्रममा विद्युतीकरणका लागि चामे दानाक्यु क्षेत्रमा भइरहेको पोल गाड्ने र तार तान्नाका साथै तिमाङ खोलाको झरनामा भइरहेको कल्भर्ट निर्माणको निरीक्षण गरिएको उनले जानकारी दिए  ।

कल्भर्टको काम सन्तोषजनक भएको र धारापानी चौकीबाट दैनिक सुरक्षा र समन्वय तथा नियमित रिपोर्टिङ गर्नेसमेतको प्रबन्ध मिलाएको बताएको छ  ।

जोखिमयुक्त अवस्थाका दुईवटा रुख पनि हटाइयो बेँसीसहर चामे सडकखण्ड अन्तर्गत हिमाली मनाङमा जोखिमयुक्त अवस्थामा रहेको दुईवटा रुख हटाइएको छ । मनाङको चामेस्थित सशस्त्र प्रहरी बल नं ३२ गुल्म र पर्वतीय उद्घार शिक्षालय तालिम केन्द्रबाट उपकरणसहित खटिएको टोलीले जोखिमयुक्त अवस्थामा रहेको दुवै रूख काटी हटाएको प्रजिअ आचार्यले बताए ।

उनले भने जिल्लाको नासोँ र चामे गाउँपालिकाको सिमानामा पर्ने तिमाङ खोला झरनाको पहरा अन्तर्गत सडक माथि दुइटा रुख सुकेर जोखिमयुक्त अवस्थामा लामो समयदेखि लडेर बसेको थियो । ती रुखले कुनै पनि बेला पैदल यात्री तथा सवारीसाधनमा क्षति पुर्‍याउने सम्भावना हटाइएको हो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ४ : १० बजे

झलनाथ भन्छन्- अध्यक्षले एकोहोरो प्रवचन दिनु भयो, समस्यामा प्रवेश नै गर्नु भएन

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानि नेता

पाल्पामा भगवती रथजात्राको तयारी गरिँदै

तानसेन– नेपाल-अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा गरिने ऐतिहासिक भगवती

सिटिजन्स बैंकको नाफा २ प्रतिशतले घट्यो 

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को

गण्डक नहरमा अतिक्रमण हुँदा किसान समस्यामा

वीरगञ्ज– बाराको फेटाबजार नजिकै गण्डक नहर किनारमा अतिक्रमण हुँदा रौतहटका किसान

टेकुनालामा पिकअप दुर्घटना हुँदा २१ जना घाइते

धनकुटा– धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप दुर्घटना हुँदा २१ जना