चीनले भूमि अतिक्रमण गरेको भन्दै युरोपियन युनियनलाई ज्ञापनपत्र « Khabarhub

चीनले भूमि अतिक्रमण गरेको भन्दै युरोपियन युनियनलाई ज्ञापनपत्र


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय एकता अभियानले चीनबाट नेपाली भूमि अतिक्रमण भएको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन सुरु गरेको छ ।

अभियानका अध्यक्ष विनय यादवले काठमाडौँस्थित युरोपियन युनियनको कार्यालय पुगेर युरोपियन डेलिगेसनका सह–प्रमुख स्टेफन मैकानलाई ज्ञापनपत्र बुझाएका हुन् ।
चीनले नेपालको भूमि अतिक्रमण गर्दै आएकाले यो समस्या समाधानका लागि भूमिका निर्वाह गरिदिन अध्यक्ष यादवले मैकानसँग आग्रह गरेका छन् ।

अभियानले चीन नेपालको भूमिबाट फिर्ता जानुपर्ने, अन्तर्राष्ट्रिय समुदायको निगरानीमा नेपाल र चीन सरकारले संयुक्त सीमा निरीक्षण गर्नुपर्ने र सबै सीमास्तम्भहरूको जीपीएस राख्दै यसको रेकर्ड दुवै सरकार र अन्तर्राष्ट्रिय समुदायले राख्नुपर्ने माग गरेको छ ।

यसअघि, २०७७ साल असार १५ गते राष्ट्रियसभामा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले चीनले नेपाली भू–भाग अतिक्रमण नगरेको र दुई देशबीच सीमा विवाद नभएको बताएका थिए ।

गृह मन्त्रालयका तत्कालीन सहसचिव जयनारायण आचार्य संयोजक रहेको सात सदस्यीय अध्ययन टोलीलाई हुम्ला जिल्लाअन्तर्गत पर्ने नाम्खा गाउँपालिकाको लिमि लाप्चादेखि हिल्सासम्मका समस्या पहिचान गरी समाधानका उपायहरूसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी शेरबहादुर देउवा नेतृत्वको सरकारले गएको भदौंमा दिएको थियो ।

तीन हप्ताभन्दा बढी समय लगाएर समितिले तयार पारेको प्रतिवेदनलाई अझै गोप्य राखिएको छ ।

अभियानले चिनियाँ अतिक्रमणविरुद्ध लोकतान्त्रिक र कानुनी तवरमा विभिन्न अभियानहरू सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ३ : ४७ बजे

अनौठो शैलीका कारण कङ्गोली फ्यानलाई अमेरिकले दिएन भिसा

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) का प्रख्यात ‘सुपरफ्यान’

आरोही फुञ्जो बनिन् चुननुब्रीको पर्यटन सद्भावना दूत

गोरखा– कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन

कञ्चनपुरको विकट बस्ती मसेट्टीमा निःशुल्क आँखा शिविर

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ खल्ला मसेट्टीमा निःशुल्क आँखा शिविर

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि हुँदै

कर्णाली– ‘कर्णाली क्रिकेट कप २०८३’ आज (आइतबार)देखि प्रदेश राजधानी सुर्खेतको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर