अध्यक्षमा उम्मेदवारी दिएकै कारण ज्यान मार्ने धम्की आयो : सरिता लामिछाने « Khabarhub

अध्यक्षमा उम्मेदवारी दिएकै कारण ज्यान मार्ने धम्की आयो : सरिता लामिछाने


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री सरिता लामिछानेले आफूलाई ज्यान मार्ने धम्की आएको बताएकी छन् । चलचित्र कलाकार संघको अध्यक्ष पदका लागि उम्मेदवारी दिएपछि ज्यान मार्ने धम्की आएको सरिताले बताएकी हुन् ।

ज्यान मार्ने धम्की आएपछि सरिताले राजधानीमा पत्रकार सम्मेलन गर्दै यसबारी जानकारी दिएकी छन् । उनले उम्मेदवारीपछि धेरै किसिमका धाकधम्की र बेइज्जति सहनु परेको समेत बताएकी छिन् । तर, कसले ज्यान मार्ने धम्की दियो यसबारे केही खुलाएकी छैनन् । पत्रकार सम्मेलनमा अभिनेत्रीहरु गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापा उपस्थित थिए।

उनीहरुलाई साक्षी राख्दै सरिताले आफू संघको अध्यक्षमा निर्वाचित भए कलाकारहरुका लागि पेन्सनको पहल गर्ने समेत बताएकी छिन् । सरिता चलचित्र कलाकार संघको निवर्तमान महासचिव हुन् ।

चलचित्र कलाकार संघको निर्वाचन जेठ २५ मा हुँदैछ। उनीसँगै अध्यक्षका लागि रवीन्द्र खड्काले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ७ : ३२ बजे

राजावादीमा फुटको रोग : दुई महिनामै धवलले दुर्गालाई छोडेर दर्ता गरे पार्टी

काठमाडौं– राजतन्त्रवादी राजनीतिमा पुनः एकपटक विभाजन र ध्रुवीकरण देखिएको छ। 

रोल्पाका पहिरो प्रभावितलाई सहयोग गर्न स्वदेश-विदेशका नेपालीलाई वर्षमानको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं रोल्पाका प्रतिनिधिसभा

देउवा समूहको भेलामा ब्यानरमा देउवा र शशांकको फोटो

काठमाडौं– नेपाली कांग्रेसको देउवा समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सभापति

देउवाको भेलामा शेखर र शशांक, सुजाताले साथ दिइन् गगनलाई

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय

इतर समूहको राष्ट्रिय भेलामा देउवा पुगे, गगनलाई सभापति नमान्ने अडान कायमै

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा