दक्षिण कोरियामा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित थपिए « Khabarhub

दक्षिण कोरियामा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित थपिए


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या शुक्रबार सबैभन्दा धेरै देखिएको छ । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा तीन लाख ८३ हजार ६६५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

योसँगै दक्षिण कोरियामा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमितहरूको कुल सङ्ख्या ६२ लाख छ हजार २७७ पुगेको छ । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरस फैलिएकाले सङ्क्रमितहरूको सङ्ख्या अत्यधिक देखिएको बताइएको छ । नयाँ सङ्क्रमित मध्ये ८० हजार ४३७ जना राजधानी सोलका मात्रै रहेका छन् । 

त्यसैगरी ग्योङगी प्रान्तमा एक लाख सात हजार ९४१ र इन्चेओनमा २३ हजार ७३५ जना सङ्क्रमित भएका छन् । कुल सङ्क्रमित मध्ये एक हजार ६६ जना मात्रै गम्भीर अवस्थामा रहेका छन् । ती मध्ये ५० जना पछिल्लो एक दिनमा थपिएका हुन । 

कोरोनाकै कारण दक्षिण कोरियामा पछिल्लो एक दिनमा २६९ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या भने १० हजार १४४ पुगेको अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ६ : ३५ बजे

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि