धनगढीमा राष्ट्रिय यू–१९ महिला क्रिकेट हुने « Khabarhub

धनगढीमा राष्ट्रिय यू–१९ महिला क्रिकेट हुने


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली–  कैलालीको धनगढीमा राष्ट्रिय स्तरको यू–१९ मुख्यमन्त्री कप महिला क्रिकेट प्रतियोगिता हुने भएको छ ।

चैत ६ गतेदेखि हुने प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान) सुदूरपश्चिम प्रदेश समितिले आयोजन गर्न लागेको छ ।

प्रतियोगिता बारेमा जानकारी दिंदै क्यानका प्रदेश अध्यक्ष हरी रेग्मीले महिला क्रिकेटमा तल्लो स्तरका खेडालीको पहिचान र क्षमता अभिवृद्धि गर्न यू–१९ प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको उनले बताए ।

‘सिनियर क्रिकेट प्रतियोगिता जताततै भइरहेका छन्, ‘उनले भने, ‘तर यू–१९ स्तरका महिला खेल खासै सञ्चालन हुन सकेका छैन, तर क्रिकेटको आधार यू–१९ नै भएका कारण त्यसलाई बलियो बनाउन खोजेका हौँ ।’

प्रतियोगितामा ७ वटै प्रदेशबाट यू–१९ समूहको टोली सहभागी हुने उनले बताए । प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद ५ लाख तथा उपविजेता टोलीलाई ३ लाख प्रदान गरिने पनि उनले बताए ।

क्रिकेटको राष्ट्रिय टोलीलाई बलियो बनाउन यू–१९ स्तरका घरेलु प्रतियोगिता हुन आवश्यक रहेको सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकबहादुर सिंहले बताए ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिता चैत ११ गते समापन हुने छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  १० : ४८ बजे

प्रतिनिधिसभा निर्वाचनअघि कोशीका भारत–चीन सीमामा सुरक्षा सतर्कता बढाइने

काठमाडौं– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि

युक्रेन युद्ध अन्त्यका लागि ‘कुनै समयसीमा नहुने’ रुसको घोषणा

एजेन्सी– मस्कोलाई युक्रेनमा युद्ध अन्त्य गर्न कुनै सम्झौता गर्न हतार

दोलखाको वैतेश्वरमा पार्टी त्याग्नेको लर्को, दर्जनौँ कार्यकर्ता कांग्रेस प्रवेश 

दोलखा– दोलखामा निर्वाचन नजिकिँदै आएसँगै पछिल्ला दिनहरूमा पार्टी छाड्ने र

निर्वाचन आचारसंहिता उल्लङ्घनमा कडा कारबाही माग्दै कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाबारे छानबिन गर्दै दोषीमाथि

कांग्रेसको निष्कर्ष : पार्टीको पक्षमा जनलहर चलेको छ

काठमाडौं- नेपाली कांग्रेसले आसन्न आमनिर्वाचनमा पार्टीका पक्षमा देशव्यापी जनलहर बढिरहेको