इराकी कुर्दिस्तानको राजधानीमा १२ क्षेप्यास्त्र आक्रमण | Khabarhub Khabarhub

इराकी कुर्दिस्तानको राजधानीमा १२ क्षेप्यास्त्र आक्रमण


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इराकको स्वशासित क्षेत्र इराकी कुर्दिस्तानको राजधानी अर्बिलमा एक दर्जन ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार भएको छ । कुर्दिस अधिकारीहरूले यी क्षेप्यास्त्रहरू इराक बाहिरबाट प्रहार गरिएको जनाएका छन् । इराकको सरकारी टेलिभिजनले पनि कुर्दिस्तानको प्रतिआतङ्कवाद बललाई उद्धृत गर्दै इराकबाहिरबाट प्रहार गरिएका १२ क्षेप्यास्त्र अर्बिलमा खसेको पुष्टि गरेको हो ।

यद्यपि यी क्षेप्यास्त्रबाट कुनै मानवीय क्षति नभएको जनाइएको छ । अर्बिलको कुन ठाउँमा क्षेप्यास्त्र खसेको भन्ने स्पष्ट नभएको रोयटर्सले जनाएको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोहरूमा भने ठूलो विष्फोटको आवाज आएको सुनिन्छ । ती भिडियोको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

आइतबार अमेरिकी विदेशमन्त्रालयका प्रवक्ताले घटनालाई ‘घोर आक्रमण’ भन्दै निन्दा गरेका थिए । यद्यपि उनले यस घटनामा अमेरिकी नागरिक वा अमेरिकी भवनमा कुनै क्षति नपुगेको बताएको रोयटर्सले जनाएको छ ।

अर्बिलको अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ अमेरिकी फौजलाई लक्षित गरी यसअघि पनि रकेट आक्रमण हुँदै आएका छन् । यसअघि सन् २०२० को जनवरी महिनामा इरानी सेनापति कसिम सुलेइमानीको अमेरिकी आक्रमणमा मृत्यु भएपछि अर्बिलमा रहेका अमेरिकी फौजलाई लक्षित गरी रकेट आक्रमण भएका थिए ।

पछिल्लो आक्रमण इराकबाहिरबाट भएको भनिएपनि कुन ठाउँबाट कसले आक्रमण गर्यो भन्ने स्पष्ट हुन नसकेको रोयटर्सले जनाएको छ । आक्रमणको कुनै समूहले पनि जिम्मा लिएको छैन ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ११ : ४६ बजे

इरान आक्रमणमा अपेक्षाकृत सफलता पाएको अमेरिकी ठहर

वाशिङ्टन – अमेरिकाले इरानको आणविक केन्द्रमा गरेको आक्रमणले अपेक्षाकृत सफलता

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार ९ गते सोमबार। असार

आज २०८२ साल असार ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ९ गते सोमबार। असार

आपतकालीन बैठक बोलाउने तयारीमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था

भिएना – संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई