माओवादी छाडेर जानेहरुलाई विजुक्छेको नेमकिपामा जान प्रचण्डको सुझाव | Khabarhub Khabarhub

माओवादी छाडेर जानेहरुलाई विजुक्छेको नेमकिपामा जान प्रचण्डको सुझाव


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीलाई कारण देखाई पार्टी छाडेर जाने माओवादीका नेता तथा कार्यकताहरुलाई एमालेमा भन्दा किरण, विप्लव वा नरायणमान विजुक्छेको नेपाल मजदुर किसान पार्टीमा जान सुझाव दिएका छन् ।

अध्यक्ष प्रचण्डले एमसीसी अनुमोदन गरेका कारण पार्टी छाडेका नेताहरुप्रति कडा टिप्पणी गर्दै कसैलाई पनि एमालेमा नजान र एमाले गएकाहरु विचित्र गरेको बताए । संसदमा एमसीसीको सबभन्दा चर्को विरोध नारायणमान विजुक्छेजीको पार्टीले गरेको भन्दै त्यहाँ गए मात्रै विरोध र पार्टी छाडेको अर्थ हुने बताए ।

बिराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले व्याख्यात्मक घोषणालाई कार्यान्वयनका क्रममा हेलचेक्राई गरिए आफुलाई मान्य नहुने र एमसीसी भोलिको आन्दोलनको विषय हुने बताए ।

व्याख्यात्मक घोषणालाई उचित सम्मानसहित कार्यान्वयनमा लानुपर्ने उनको भनाई छ । हालै माओवादी केन्द्रबाट केहि नेता तथा कार्यकर्ताहरु एमालेमा गएपछि प्रचण्डले यस्तो बताएका हुन ।

उनले अमेरिकी सहयोग परियोजना एमसीसी कार्यान्वयनका क्रममा व्याख्यात्मक घोषणालाई कसैले पनि मिनिमाइज नगर्न नहुने बताए ।प्रचण्डले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  १२ : ५० बजे

चाडपर्वमा चिनीको अभाव हुँदैन : साल्टट्रेडिङ

काठमाडौं– साल्टट्रेडिङ कर्पोरेशनले आसन्न तिहार छठ तथा नेपालसंवत् पर्वलाई लक्षितगरी

सुक्खा पहिरोले सिद्धिचरण राजमार्ग अवरुद्ध

उदयपुर– सुक्खा पहिरोले सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडकखण्ड अवरुद्ध भएको

परम्परागत संस्कृतिको रक्षा गर्न दशैँमा लिङ्गेपिङ

ताप्लेजुङ– ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा यस वर्षको दशैँलाई थप उल्लासमय

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते

झापा– झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा

दीपक कोइरालालाई प्रश्न : यो दशैँमा बिदा पाउनुभयो ?

काठमाडौं – दशैँका बारेमा अनगिन्ती गीत बनेका छन् । तर