साउदी अरबमा एकैदिन ८१ जनालाई मृत्युदण्ड | Khabarhub Khabarhub

साउदी अरबमा एकैदिन ८१ जनालाई मृत्युदण्ड


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउदी अरबमा एकै दिन ८१ जनालाई मृत्युदण्ड दिइएको छ । यो आधुनिक साउदी इतिहासमै २४ घण्टामा सबैभन्दा धेरै जनालाई मृत्युदण्ड दिइएको घटना भएको अल जजिराले जनाएको छ । साउदी अरबको समाचार संस्था साउदी प्रेस एजेन्सी एसपीएका अनुसार मृत्युदण्ड पाउनेमा ७ जना यमनी नागरिक र एक जना सिरियाली छन् ।

‘यी मानिसहरू अबोध पुरुष, महिला र बालबालिकाको हत्या लगायत विभिन्न किसिमका अपराधमा दोषी पाइएका थिए ।’ एसपीएलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ । ‘यिनीहरूमध्ये केही इस्लामिक स्टेट, अल कायदा र हुथी समूहजस्ता विदेशी आतङ्कवादी समूहमा समेत भर्ती भएका थिए ।’

मृत्युदण्ड पाउनेमध्ये ३७ साउदी नागरिक सुरक्षा अधिकारीको हत्या प्रयास र प्रहरी चौकी र लस्करमाथि आक्रमणमा दोषी पाइएका थिए । सन् २०२१ मा साउदी अरबले ६७ जनालाई मृत्युदण्ड दिएको थियो भने सन् २०२० मा त्यहाँ २७ जनाले मृत्युदण्ड पाएका थिए ।

पछिल्लो समय एकैदिन सन् २०१६ को जनवरी महिनामा ३७ जनालाई मृत्युदण्ड दिइएको थियो ।
(अल जजिराबाट)

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  १२ : २७ बजे

इरान आक्रमणमा अपेक्षाकृत सफलता पाएको अमेरिकी ठहर

वाशिङ्टन – अमेरिकाले इरानको आणविक केन्द्रमा गरेको आक्रमणले अपेक्षाकृत सफलता

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असार ९ गते सोमबार। असार

आज २०८२ साल असार ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ९ गते सोमबार। असार

आपतकालीन बैठक बोलाउने तयारीमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्था

भिएना – संयुक्त राज्य अमेरिकाबाट इरानका प्रमुख आणविक केन्द्रहरूमा हवाई