राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट युवाहरू सम्मानित « Khabarhub

राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट युवाहरू सम्मानित


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युवा तथा खेलकुद मन्त्रालयले यस वर्षको राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका प्रतिभावान् युवाहरूलाई सम्मान गरेको छ । मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा पत्रकारिता पुरस्कार वितरण गरेको हो । 

यस वर्ष राष्ट्रिय युवा प्रतिभा सम्मानबाट पुरस्कृत हुनेमा उद्यमशीलता तर्फ सुर्खेतका हिमकुमारी उपाध्याय, समाजसेवा तर्फ गोर्खाका धिर्ज कुमार उपरकोटी, किर्तिमान तर्फ कालिकोटका मंगल बहादुर बिष्ट, कृषि तर्फ चितवनका सन्तोष बोडे रहेका छन् ।

त्यस्तै पशु पालन तर्फ कुशलचन्द्र अधिकारी, युवा सशक्तिकरण तर्फ लमजुङका कुसुम केसी, कृषि तर्फ सुमित्रा घिमिरे, समाजसेवा तर्फ राजन गौतम, स्वंयसेवा तर्फ राज कुमारी पौडेल, अनुसन्धान तर्फ राजाराम गुरुङ, समाजसेवातर्फ अशोक शर्मा भट्ट र विज्ञान प्रविधि तर्फ खिम प्रसाद पन्थीले राष्ट्रिय युवा प्रतिभा पुरस्कार प्राप्त गरेका छन् ।

मन्त्रालयले युवा पत्रकारिता पुरस्कार सञ्चारिकका सममूहका बसन्ती बास्तोला, सुदुर आवाज डटकमबाट पूर्ण बहादुर खड्का, खवरकुञ्ज डटकमबाट सिताराम ओझा र नेपाल प्रेस डटकमबाट केशव बहादुर भुललाई प्रदान गरेको छ । कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालय मन्त्री महेश्वर जंग गहतराजले युवाहरुले गरेको कामलाई प्रोत्साहन गर्न राज्यले सम्मान गर्ने नीति बनाएको बताए ।

मन्त्रालयले युवा प्रतिभा सम्मान कार्यबिधि २०७२ अनुसार मूल्याङ्कन भई छनौट भएका व्यक्तिलाई पुरस्कार प्रदान गरेको जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  १ : ५१ बजे

स्वास्थ्य मन्त्रालयको पुँजीगत खर्च ६८ प्रतिशत 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चालु आर्थिक वर्षको पुँजीगत खर्च

स्वास्थ्य क्षेत्रमा सुस्त प्रगति, घटेन मातृ मृत्युदर र कुपोषण

काठमाडौं– सरकारको सोह्रौँ योजनाले तय गरेका स्वास्थ्य क्षेत्रका अधिकांश सूचकमा

म्यान सिटीबाट बिदा हुँदै ग्वार्डिओला, एनजो मारेस्का नेतृत्वमा ‘नयाँ युग’ थालिँदै

म्यानचेस्टर- इङ्लिस क्लब म्यानचेस्टर सिटीमा ठूलो परिवर्तनको संकेत देखिएको छ

फिटनेसबारे शंकाबीच ब्राजिलको विश्वकप टोलीमा अटाए नेयमार, फ्यानहरूले मनाए खुसियाली

रियो दि जेनेरियो– बारम्बारको चोटपछि पूर्ण फिट भएर फर्किन संघर्ष

सुनुवाइ समितिमा उपस्थित भए शर्मा, आजै प्रधानन्यायाधीशमा अनुमोदन गरिँदै

काठमाडौं- काठमाडौं– प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज कुमार शर्मा संसदीय