प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाकाे रुलिङ | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाकाे रुलिङ


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाकाे आइतबारकाे बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ गरेका छन् । उनले प्रतिनिधिसभामा विचाराधीन ४२ विधेयकलाई नियमानुसार पारित गर्ने, आमनागरिकका दैनिक समस्याहरू जनप्रतिनिधिले सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने, सरकारलाई संसदप्रति उत्तरदायी बनाउने, कानुन निर्माण एवं निगरानी गर्ने कार्यहरूसमेत अवरोधका कारण प्रभावित हुन पुगेको भन्दै रुलिङ गरेका हुन् ।

‘विचाराधीन विधेयकहरूलाई नियमानुसार पारित गरी राज्य सञ्चालनमा सहयोग गर्नु हामी सबैको दायित्व हो । संसद अवरोधका कारण विधि निर्माण प्रक्रिया प्रभावित भएकोमा जनता र राष्ट्रका समस्यामा छलफल गर्न नपाएकोमा माननीय सदस्यहरूले मलाई पटक पटक ध्यानाकर्षण गराउनु भएको छ ।

 संसदलाई प्रभावकारी बनाउन आम रुपमा प्रश्न उठिरहेको छ । तसर्थ अवरोध अन्त्य गरी सभा सञ्चालनमा सहयोग गर्न म सम्बन्धित माननीय सदस्यहरुलाई विशेष अनुरोध गर्दछु,’ उनले भने ।

एमाले सांसदकाे अवराेधका कारण प्रतिनिधिसभा बैठक प्रभावित भएकाे भन्दै सभामुख सापकोटाले रुलिङ गरेका हुन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  २ : ०० बजे

अल्जेरियामा फुटबल समर्थकहरू बीच भागदौड : तीन जनाको मृत्यु, ८१ घाइते

अल्जियर्स – अल्जेरियाको राजधानी अल्जियर्समा मोलुदिया क्लब द अल्जेर (एमसीए)

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली आइसिसी विश्वकप क्रिकेट लिग २

पशुपतिनाथ र बुद्ध पुकार्दै कान्छारामले भने- प्रकाशमान र विष्णुलाई ०८४ पछि संसद्‍मा देख्नु नपरोस्

काठमाडौं- नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले संघीय सरकारका

विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरू बोल्ने क्रम सकियो

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि