बिमामा पहुँचका लागि प्रचारप्रसार आवश्यकः मुख्यमन्त्री शाही | Khabarhub Khabarhub

बिमामा पहुँचका लागि प्रचारप्रसार आवश्यकः मुख्यमन्त्री शाही


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बिमामा पहुँच विस्तारका लागि प्रचारप्रसार आवश्यक रहेको बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा आइतबार बिमा समितिले प्रदेश सरकारसँग गरेको अन्तरक्रियामा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले बिमा कार्यक्रमलाई अगाडि बढाएको जानकारी दिँदै बिमामा पहुँच विस्तारका लागि प्रचारप्रसार आवश्यक रहेको बताएका हुन् ।

मुख्यमन्त्री शाहीले बिमा कम्पनीहरूले दाबी भुक्तानी समयमा नदिँदा बिमितहरू महिनौँसम्म कम्पनीहरूमा धाउनुपर्ने र बीमाको रकमभन्दा बढी खर्च गर्नुपर्ने अवस्था रहेको भन्दै यसमा सुधार गर्न पनि आग्रह गरेका छन् ।

कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव राजकुमार श्रेष्ठले प्रदेशको वस्तुस्थितिलाई ध्यानमा राखेर बिमालेख तयार गर्न समितिलाई आग्रह गरे ।

उनले प्रदेश कार्यालयमा बीमा इकाई स्थापना गर्ने पनि जानकारी दिए ।

कार्यक्रममा बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सीमान्तकृत समुदायका लागि प्रदेश सरकारबाट नै बिमा गरिदिने व्यवस्था गर्न र आर्थिक रूपले सबल समुदायका लागि भने सार्वजनिक सेवासँग आबद्ध गरेर बिमाको दायरामा ल्याउन आग्रह गरेका छन् ।

अध्यक्ष सिलवालले प्रदेश बिमा नीतिको तर्जुमा, बिमा शिक्षालगायतका विषयमा प्रदेश सरकारलाई आवश्यक सहयोग गर्न समिति तत्पर रहेको पनि बताए ।

कार्यक्रममा बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेशकुमार लाललगायत सहभागी भएका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ५ : ४९ बजे

रहेनन् घाटेवैद्य सुवर्ण बा 

काठमाडौं– पशुपति आर्यघाट सेवा केन्द्रमा अवस्थित पशुपति आर्यघाट आयुर्वेदिक चिकित्सालयका

६१ किलो सुन तस्करी प्रकरण : अमलालाई सरकारी वकिलसमक्ष पेश गरियो

काठमाडौं–  ६१ किलो सुनकाण्डमा पक्राउ परेकी अमला रोकालाई सरकारी वकिलसमक्ष

सुर्खेतको चौकुनेमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत- सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ,

१६१ देशसँग व्यापार गर्दै नेपाल, १२४ मुलुकसँग घाटा

काठमाडौँ – नेपालले १६१ वटा मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको

‘राम नाम सत्य’मा सुनील थापा अनुबन्ध, निर्देशक भन्छन्- फरक अवतारमा उतार्छु

काठमाडौं – माइकल चन्दको निर्देशनमा बन्ने भनिएको फिल्म ‘राम नाम