पाकिस्तानमा विष्फोट, तीन जना मारिए « Khabarhub

पाकिस्तानमा विष्फोट, तीन जना मारिए


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको बलोचिस्तान प्रान्तको क्वेट्टा शहरमा भएको बम आक्रमणमा तीन जनाको मृत्यु भएको छ । क्वेट्टाको फातिमा जिन्नाह रोडमा रिमोट कन्ट्रोल बम विष्फोट भएको हो ।

आक्रमणमा अरु २५ जना घाइते भएको पाकिस्तानको डन पत्रिकाको अनलाइन संस्करणले जनाएको छ ।

प्रहरी गस्तीलाई लक्षित गरी आक्रमण भएको जनाइएको छ । हालसम्म आक्रमणको जिम्मा कुनै समूहले पनि लिएको छैन यद्यपि पाकिस्तानमा सक्रिय आतंकवादी संगठन तहरिक ए तालिबान पाकिस्तानले नियमित रुपमा यस्ता आक्रमणहरु गर्दै आएको छ ।

विशेषज्ञहरुले सुरक्षाकर्मीहरु यस्ता सरकारविरोधी आक्रमणको प्रमुख निशानामा रहँदै आएको बताउँदै राज्यको प्रतिआतंकवाद गुप्तचर एकाईको प्रयासलाई बढाउनु पर्नेमा जोड दिएका छन् ।

सरकार निकायहरुको असफलताका कारण यस्ता आक्रमणविरुद्ध निर्णायक कदम चालिनुपर्ने विज्ञहरुको भनाइ छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ४ : ५० बजे

‘वर्ल्ड अफ डान्स’ नेपालमा हुने, ग्रान्ड जज भारतका टेरेन्स लुइस

काठमाडौं – डान्सिङ रियालिटी शो ‘वर्ल्ड अफ डान्स’ को नेपाल

भन्सारमा कडाइ : उपभोक्ता विरोधमा उत्रिँदा व्यवसायी भने उत्साहित, बढ्नसक्छ राजस्व

काठमाडौं– सरकारले केही दिन यता भारतबाट आउने वस्तुको भन्सार जाँचपासमा

गृहमन्त्रीबारे रवि र बालेनसँग राजेन्द्रले खोजे जवाफ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी समाप्त पार्न

अमेरिका र इरानबीचको दोस्रो चरणको शान्ति वार्ता अन्यौलमा

काठमाडौं- पाकिस्तानमा हुने भनिएको अमेरिका र इरानबीचको दोस्रो चरणको शान्ति

तस्बिरमा हेर्नुहोस्, राप्रपाको सांसद अभिनन्दन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम 

काठमाडौं– राप्रपाले सांसद अभिनन्दन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम आयोजना