पाकिस्तानमा भएको पीएटीएस प्रतियोगितामा स्वर्ण जितेका सैनिकहरूलाई सम्मान « Khabarhub

पाकिस्तानमा भएको पीएटीएस प्रतियोगितामा स्वर्ण जितेका सैनिकहरूलाई सम्मान


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा भएको पाँचौ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट (पीएटीएस) प्रतियोगिता २०२२ मा स्वर्ण पदक जितेका नेपाली सैनिकहरूलाई सम्मान गरिएको छ ।

आज जंगी अड्डामा भएको कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले स्वर्ण पटक जित्न सफल सैनिकहरूलाई ‘प्रधान सेनापति प्रशंसा निशान’ तथा प्रशंसा–पत्र प्रदान गरेका हुन् ।

प्रतियोगितामा नेपाली सैनिकहरूले हतियार तथा इक्युप्मेन्टसहित न्यूनतम ३५ किलो वजन बोकेर उच्चस्तरको साहसिक सहिष्णुता, अब्बल सैनिक कला तथा निर्णायक क्षमताको प्रदर्शन गरेका थिए ।

पाकिस्तानको मरुभूमि तथा जंगल इलाका मिश्रित कठिन भूगोल भएको करिब ९ सय वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको इलाकामा यो प्रतियोगिता तीन दिन र तीन रातसम्म सञ्चालन भएको थियो ।

१६ राष्ट्रको सहभागिता रहेको प्रतियोगिता फागुन २३ देखि २५ गतेसम्म सञ्चालन भएको थियो ।

नेपाली सेनाले यस प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको हो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ९ : २३ बजे

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा

बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा मृत्यु 

काठमाडौं– बौद्धमा आत्मदाह प्रयास गरेकी महिलाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा

सुर्खेतमा दुई दिन कुरेर सिलिन्डर भर्छन् उपभोक्ता

कर्णाली– सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी– बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन