श्रीलंकाको पहिलो जीत, अफगानिस्तानका नाभि भन्छन्– हारको जिम्मा बलरले लिँदैनन् « Khabarhub

श्रीलंकाको पहिलो जीत, अफगानिस्तानका नाभि भन्छन्– हारको जिम्मा बलरले लिँदैनन्


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एकदिवसीय विश्वकप क्रिकेट प्रतियोतामा श्रीलंकाले पहिलो जित हात पारेको छ ।

वेल्सको कार्डिफमा भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ३४ रनले पराजित गर्दै विश्वकपमा पहिलो जित हात पारेको हो । वर्षाका कारण खेल डीएल (डगवर्थविस मेथड) बाट खेल ४२ ओभरमा झारिएको थियो ।

४२ ओभरमा झारिएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको श्रीलंकाद्वारा अफगानिस्तानले १८७ रनको लक्ष्य पाएको थियो । श्रीलंकाले दिएको लक्ष्य पछ्याएको अफगानिस्तान ३२.४ ओभरमा सबै विकेट गुमाउँदै १५२ रन मात्रै बनाउउन सक्यो ।

अफगानिस्तानका लागि नजिबुल्लाह जद्रानले ४३ रन, हर्जतुल्लाह शाहिदीले ३० रन बनाउँदा गुल्वादीन नाभिले २३ रन बनाए ।

अफगानिस्तानविरुद्ध श्रीलंकाका नुवान प्रदिपले ४ विकेट लिए भने लासिथ मलिंगाले ३ विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको श्रीलंकाका लागि कुसल परेराले ७८ रन बनाए । उनले ८१ बल खेल्दै ४ चौकाको मद्दतमा ७८ रन बनाएका थिए । यस्तै, दिमुथ करुणरत्नले ३० रन र लाहिरु थिरीमन्नेले २५ रन बनाएका थिए ।

श्रीलंकाविरुद्ध टस जितेर फिल्डिङ रोजेको अफगानिस्तानका लागि मोहम्मद नाभिले ४ विकेट लिएका थिए भने दावलत जद्रान र राशिद खानले समान दुई–दुई विकेट लिए ।

लगातार दोस्रो खेलमा हार व्येहोरेको अफगानिस्तानका बलर मोहम्मद नाभिले बलरहरुको कमजोरीले नतिजा सुम्पिनु नपरेको बताए । उनले आफ्नो टोलीको पराजयमा बलरले हारको जिम्मा लिन नसक्ने बताएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ११ : ३९ बजे

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध