सहज जितसँगै बार्सिलोना तेस्रो स्थानमा उक्लियो « Khabarhub

सहज जितसँगै बार्सिलोना तेस्रो स्थानमा उक्लियो


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ओसासुनाबिरुद्द ४-० अन्तरको सानदार जित निकाल्दै स्पेनिस ला लिगा क्लब बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ।

क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जिताउन फेरान टोरेसले दुई पिएरे इमरिक औवामियाङ र रिकी पुङले समान एक गोल गरे।

खेलको १४औं मिनेटमा फेरान टोरेसले पेनाल्टीमा बार्सिलोनालाई अग्रता दिलाए। २१औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गरे। २७औं मिनेटमा औवामियाङले तेस्रो गोल गरे।

पहिलो हाफमा तीन गोल गरेको क्याटलान क्लब बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्‍यो। ७५औं मिनेटमा रिकीले गोल गर्दै ४(० को सहज जित दिलाए।

जितसँगै बार्सिलोना २७ खेलबाट ५१ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ। समान ५१ अंक भएपनि एक खेल बढी खेलेको एट्लेटिको म्याड्रिड चौथो स्थानमा छ। पराजित ओसासुना २८ खेलबाट ३५ अंक जोडेर ११औं स्थानमा छ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ८ : ४१ बजे

भारतीय राजदूत क्रिकेट प्रतियोगिता सुरु

काठमाडौं– नेपालस्थित भारतीय दूतावासको आयोजनामा दोस्रो संस्करणको ‘भारतीय राजदूत क्रिकेट

अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने

सिड्नी- अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि

नेपाली श्रमिकको भिसा प्रभावित नपार्न साउदीसँग श्रममन्त्रीको अनुरोध

काठमाडौं-  युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका

सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह

काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा सिमेन्टका

कार्यशैली कमजोर भए पनि जनतामाझ राप्रपाको एजेन्डा स्थापित छ : अध्यक्ष लिङ्देन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको कार्यशैली र