सिरहामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु | Khabarhub Khabarhub

सिरहामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहाको नरहा गाँउपालिका–३ खोरियाटोलमा आइतबार राति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कारमा सवार धनुषा कमला नगरपालिका–१ का २२ वर्षीय धिरज मण्डल रहेका छन् । घाइते हुनेहरुमा धनुषाकै २० वर्षीय शुभलाल मण्डल, सोही ठाँउका ७ वर्षीय बालक आयुष मण्डल र २२ वर्षीय रोशन कुमार मण्डल रहेका छन् ।

घाइतेहरुको स्थानिय अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये शुभलालको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारको लागि बिराटनगर तर्फ पठाइएको छ ।

आइतबार राति पौने ११ बजे भारतीय नम्बरको कार अनियन्त्रित भएर पल्टिएको थियो । कार चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैया सिरहाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  १० : ५२ बजे

रास्वपाको विरोध सुनेनन् सभामुखले, अघि बढाए प्रतिनिधि सभामा बजेटमाथिको छलफल

काठमाडौं- प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले आइतबार पनि प्रतिनिधिसभाको बैठकमा

सिंगपुरविरूद्ध जितनजिक नेपाल, जवाफी ब्याटिङको सुरूमै घाइते भएका थिए ओपनर सुर्यान्सु

काठमाडौं- एसीसी यू-१६ क्रिकेट इस्ट कपको पहिलो खेलमा सिंगापुरले नेपाललाई

सानो गौचरनलाई व्यवस्थित खेल मैदानमा रूपान्तरण गरिँदै (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिका– ५ ज्ञानेश्वर नजिकै रहेको सानो गौचरन फुटबल

अमेरिकी हमलापछि इरानले हान्यो इजरायलका १४ सहरमा मिसाइल

तेहरान- अमेरिकाले इरानको फोर्डो, नतान्ज र इस्फहानस्थित तीनवटा प्रमुख परमाणु

‘हङकङ साहित्यिक साझा शृङ्खला पुरस्कार’ शशी लुमुम्बूलाई 

काठमाडौं– कवि तथा प्राज्ञ शशी लुमुम्बू ‘हङकङ साहित्यिक साझा शृङ्खला