साढे २ लाख गरीब परिवारलाई स्वास्थ्य बिमा सेवा उपलब्ध « Khabarhub

साढे २ लाख गरीब परिवारलाई स्वास्थ्य बिमा सेवा उपलब्ध


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चालु आर्थिक वर्षमा साढे २ लाख गरीब परिवारलाई निःशुल्क स्वास्थ्य बीमा सेवा उपलब्ध गराएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा २ लाख ५६ हजार गरिबीको रेखामूनि रहेका नागरिकलाई स्वास्थ्य बिमा सेवा दिएको स्वास्थ्य बिमा बोर्डले जानकारी दिएको छ ।

बोर्डको तथ्यांक अनुसार गत आर्थिक वर्ष बोर्डबाट २ लाख ३१ हजार ४ सय ८८ रुपैयाँको निःशुल्क स्वास्थ्य बीमा सेवा सर्वसाधारणले पाएका थिए । त्यस्तै यो आर्थिक वर्षमा स्वास्थ्य बीमा सेवा लिनको संख्या बृद्धि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा अति गरीबलाई निःशुल्क स्वास्थय बीमा सेवा प्रदान गरिँदै आएको छ । बोर्डको तथ्यांक अनुसार गत आवमा ४६ हजार ५ सय घरधुरीले निःशुल्क स्वास्थ्य बीमा सेवा पाएका छन् ।

जसमध्ये महिलाको संख्या ४२ हजार ४ सय ३५ छ भने पुरुषको संख्या ३७ हजार १ सय ५ रहेको छ । सो संख्याको गरिबको निःशुल्क बीमाको लागी सरकारले ११ करोड ५७ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  ११ : ५३ बजे

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

एजेन्सी– पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

काँक्रेविहार– बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना