डोल्पा, मुगु र हुम्लामा चाँडै केन्द्रीय प्रसारणको विद्युत पुग्नेछ : कुलमान घिसिङ « Khabarhub

डोल्पा, मुगु र हुम्लामा चाँडै केन्द्रीय प्रसारणको विद्युत पुग्नेछ : कुलमान घिसिङ


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफु प्राधिकरणको नेतृत्वमा आइपछि ९५ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको बताएका छन् ।

सोमबार काठमाडौँको बौद्धमा आयोजित पाँच दिने सिद्धि मन्त्र जप साधना कार्यक्रममा घिसिङले यसअघि ६० प्रतिशतमा रहेको विद्युतको पहुँच ९५ प्रतिशतमा पुर्‍याइएको बताएका हुन् ।

उनले कर्णालीको बिकट ठाँउहरुमा अझै पनि विद्युतको पहुँच पुग्न नसकेको भन्दै छिटै सबै स्थानमा विद्युत् पुर्‍याइने जानकारी दिए ।

दुर दराजमा रहेका जनतालाई विद्युत् पुर्‍याउनुपर्छ भन्ने लक्ष्यका साथ प्राधिकरण अघि बढेको उनको भनाइ छ । घिसिङले डोल्पा, मुगु, हुम्लामा विद्युतको पहुँच अझैपनि सहज नरहेको अवस्थामाा सबै स्थानमा केन्द्रीय प्रसारणको विद्युत् पुर्‍याउने बताए । उनले बिकट गुम्वामा पनि विद्युतको पहुँच पुर्‍याउन प्रतिवद्ध रहेको धारणा राखे।

पाँच दिने सिद्धि मन्त्र जप साधना कार्यक्रम अन्तर्गत चैत्र २ गतेसम्म दश अरव पटक सिद्धि जप वा अभ्यास तथा डोल्पो बुद्धबाट दिर्घायू सशक्तिकरण र एक लाख त्सोक पूजा चैत्र तीन गने हुने भएको बताइएको छ ।

डोल्पो बुद्ध गुरु रानाक टुल्कु रिन्चेन रिम्पोचे पाँचौ औतारी लामाका अनुसार नेपाल लगाएत विश्वभरको महामारी रोग र अनिकालको विषम परिस्थितिमा सबै निर्मुल भई सबै ठाँउमा मंगल हुनको निम्ति लाखौ गुणा महिना अथवा ऋसद्ध प्रतिहार्य महिनाभित्र सिद्धि मन्त्र जप साधना आयोजना गरिएको हो ।

 हरेक बर्ष यस पूजाको समयमा १० अर्व पटक सिद्धी जप तथा अध्यास, १ लाख पटक तारा जप तथा अभ्यास, १० हजार पटक महाकाला र १ लाख पटक छोग अर्पण पूजा हुने गर्दछ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  २ : ५३ बजे

असोज १७ देखि भीषण वर्षा हुने हल्लाकोपछि नलाग्न विभागको आग्रह

काठमाडौं– असोज १७ गतेदेखि लगातार तीन दिन भीषण वर्षा हुने

महोत्तरीमा जग्गाप्राप्तिसम्बन्धी २८ हजार बढी आवेदन

महोत्तरी– भूमिहीन र अव्यवस्थित बसोवासीसमेत २८ हजार व्यक्तिले लालपुर्जा प्राप्तिका

रसुवा बाढी प्रभावितको बीमा दाबी सहज बनाउन संक्षिप्त कार्यविधि लागू

काठमाडौं– नेपाल बीमा प्राधिकरणले बाढी प्रभावित बीमितहरूको बीमा दाबी सहज

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर