नेपालमा हेलिकप्टर उद्धारमा घोटाला : यात्रुलाई सतर्क रहन आग्रह « Khabarhub

नेपालमा हेलिकप्टर उद्धारमा घोटाला : यात्रुलाई सतर्क रहन आग्रह


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलायतको ट्राभल इन्सुरेन्स कम्पनी ट्रियु ट्राभलरले हिमाल तर्फ पदयात्रा जाने यात्रुलाई सचेत रहन आग्रह गरेको छ ।

नेपालमा हेलिकप्टर घोटाला सम्बन्धि समाचार सन् २०१८ मा बाहिर आएको थियो । त्यतिबेला अर्न्तराष्ट्रिय समाचार संस्था तथा सिएनएन‚ बीबीसी लगायत अर्न्तराष्ट्रिय मिडियामा प्राथमिकतासाथ समाचार प्रकाशित भएका थिए ।

यस विषयलाई केन्द्रित गर्दै उक्त कम्पनीले कम्पनीबाट ट्राभल पोलिसी लिएका नेपाल यात्रामा आउन लागेका आफ्ना यात्रुलाई सचेत गराएको‚ वन्डरलस्टले लेखेको छ । खानामा विषादी प्रयोग गरी यात्रुलाई बिरामी पारी हेलिकप्टर उद्धार गर्न बाध्य पार्ने तथ्य बाहिर आएको थियो ।

बीमा कम्पनीले विदेशी पर्वतारोहीहरूलाई लक्षित गरि सगरमाथा आधार शिविर पदयात्रामा जानेलाई सावधान रहन आग्रह गरेको छ ।

ट्रियु ट्राभलरका प्रबन्ध निर्देशक टिम रिलेले “महामारीपछि अन्तर्राष्ट्रिय साहसिक यात्रामा फर्केका मानिसहरू र नेपाल ट्रेकिङ सिजन नजिकिँदै गर्दा‚ म नेपालमा अनियमित हेलिकप्टर उद्धारमा हुने घोटालामा सम्भावित चोटपटक वा मृत्युको बारेमा चिन्तित छु भनेका छन् ।

“केही वर्ष अघिको नेपाल सरकारको अनुसन्धानले धेरै पदयात्रीहरूलाई गाईडहरूले धेरै चाँडो उचाइमा पुर्‍याई एक्यूट माउन्टेन सिकनेस (लेक लाग्नु) बाट पीडित बनाएका थिए भने विषाक्त खाना खुवाएर उनीहरू बान्ता र पखालाको कारण बिरामी बनाएका थिए ।

उक्त अनुसन्धानले कमिशनको लागि गाइड तथा ट्राभल तथा ट्रेकिङ्ग कम्पनीले हेलिकप्टर उद्दार गर्न बाध्य पार्ने गरेको तथ्य बाहिर ल्याएका थिए । जसले गर्दा विदेशी पदयात्रा गर्ने पर्यटनको बिदा बर्बाद हुनुको साथै धेरै गम्भीर रोग वा मृत्यु पनि हुन सक्ने आकँलन गरेका थिए ।

टिमले भने‚ ‘उद्धारको लागतको बारेमा मात्र नभई तर त्यो भन्दा बढी बिदाको उपयोग नहुने हुँदा लामो समयको लागि छुट्टी बनाउनेलाई असर गर्न सक्छ। राम्रो गुणस्तरका अन्तर्राष्ट्रिय ट्रेकिङ कम्पनीहरूसँग धेरै कम हेलिकप्टर उद्धार हुने भए पनि एभरेष्ट बेस क्याम्पसम्मको पदयात्रा आधा भन्दा सस्तो मूल्यमा प्याकेज बेचेर प्रलोभनमा पारि हेलिकप्टर उद्दार गर्ने गरेका छन् ।

सन् २०१९ मा ट्रियु ट्राभलरबाट ट्राभल पोलिसि लिएका पर्यटनबाट ३९ ओटा हेलिकप्टर उद्धारको भएको थियो । त्यसमध्ये अधिकाशं पर्यटनको लेक लागेर उद्धार गरिएको थियो ।(वन्डरलस्टबाट)

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ३ : १४ बजे

रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय

अमेरिका–इरान तनावः ट्रम्पले रोके चीन भ्रमण

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण मार्चको

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई