फ्लोरिडामा भेटियो ‘मृत्युको स्याउ’ भनिने विश्वकै सबैभन्दा विषालु रुख « Khabarhub

फ्लोरिडामा भेटियो ‘मृत्युको स्याउ’ भनिने विश्वकै सबैभन्दा विषालु रुख


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पृथ्वीमा अनेक विषालु जनावर पाइन्छन् । जनावर मात्रै नभएर मानिसको ज्यानै लिने केही बोटबिरुवा पनि पृथ्वीमा पाइन्छन् । तर संसारको सबैभन्दा विषालु बोट के होला कहिले विचार गर्नुभएको छ ?

हालै अमेरिकाको फ्लोरिडा राज्यमा भेटिएको एउटा बिरुवा भने संसारकै सबैभन्दा विषालु रहेको पाइएको छ । यसलाई गिनिज बुक अफ द वर्ल्ड रेकर्ड पनि सबैभन्दा विषालु बोट भनेर दर्ता गराएको छ ।

फ्लोरिडाको एभरग्लेड दलदली इलाकामा पाइने मान्सानेल नाम गरेको यो बोट आकारमा झण्डै आप वा स्याउको बोटजस्तो छ । यसमा स्याउजस्तै फल पनि लाग्छ । तर, यो स्याउ खायो भने एकै छिनमा मानिसलाई कठोर पीडा मात्रै हुन्न, मानिसको ज्यानै पनि जान्छ ।

अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार यसको चोपको सम्पर्कमा आएको खण्डमा छालामा कडा जलन महशुस हुन्छ । फ्लोरिडा विश्वविद्यालयको शोध अनुसार यो रुखको फल र चोपदेखि हरेक भाग विषालु छ ।

यतिमात्रै होइन यो रुखबाट प्राप्त दाउरा बालेको खण्डमा धुँवा आँखामा गएमा अन्धोपन समेत हुने गर्छ । स्थानीय भाषामा यसलाई ‘मृत्युको सानो स्याउ’ भन्ने गरिएको फ्लोरिडाको मायमीमा रहेको एनबीसी टेलिभिजन स्टेसनको अनलाइन संस्करणले जनाएको छ ।

(एनबीसी मायमीबाट) 

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ३ : ५९ बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध