जसपाले गठन गर्‍यो तीन सदस्यीय पार्टी मुख्यालय (हेडक्वार्टर) « Khabarhub

जसपाले गठन गर्‍यो तीन सदस्यीय पार्टी मुख्यालय (हेडक्वार्टर)


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले तीन सदस्यीय पार्टी मुख्यालय हेडक्वार्टर गठन गरेको छ ।

आज बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव, सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई रहने गरी पार्टी हेडक्वाटर गठन गरेको हो ।

 पार्टीभित्र देखिएका जल्दाबन्दा विषय र तत्काल निर्णय लिनुपर्ने अवस्थामा हेडक्वार्टरले आवश्यक निर्णय गर्नेगरी हेडक्वार्टर बनाइएको जसपाका कार्यकारिणी सदस्य मोहम्मद ईश्तियाक राईले जानकारी दिए । ।    

कार्यकारिणी वा केन्द्रीय समिति बैठक बस्न नसक्ने र तत्काल पार्टीले निर्णय लिनुपर्ने अवस्थामा यो हेडक्वार्टरले आवश्यक निर्णय गर्ने जनाइएको छ । 

कार्यकारिणी सदस्य राईका अनुसार बैठकले स्थानीय निर्वाचन निर्देशिका २०७८ को उम्मेद्वार चयन लगायत मापदण्ड पारित गरेको छ । समसामयिक राजनीतिक प्रतिवेदन पारित गरेको छ । त्यस्तै बाँकी रहेका जिल्ला, पालिका, भातृ तथा शुभेच्छुक सङ्गठनको समायोजन चैत १० गतेभित्र टुङ्गो लगाउने निर्णयसमेत बैठकले गरेको छ । जसपाको केन्द्रीय समिति, सङ्घीय परिषद् र प्रदेश समितिको समायोजन सम्पन्न भइसकेको छ ।

जसपाको बैठकले आगामी असार १ र २ गते काठमाडौँमा विधान अधिवेशन गर्ने निर्णय गरेको छ । जसपाको जिल्ला तथा स्थानीय तहमा बनेका विभिन्न समानान्तर कमिटीहरू खारेज गर्ने निर्णय भएको छ ।

पार्टी समायोजन गर्ने क्रममा केही जिल्ला तथा स्थानीय तहका पालिकामा समानान्तर कमिटी गठन भएका थिए । जसपाको आइतबार सुरु भएको केन्द्रीय समितिको बैठक आज सम्पन्न भएको पनि सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ९ : ३० बजे

भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित