काठमाडौं– युक्रेनमाथि रुसले सैन्य आक्रमण गरेपछि संसारकै ध्यान युक्रेनमा केन्द्रित भएको छ।
तीन साता देखी लगातारको रुसी भीषण सैन्य आक्रमणका कारण युक्रेनमा भयावह मानवीय र भौतिक क्षति भए पनि युक्रेनी नागरिकहरूले बहादुरीपूर्वक रुसी सेना संग लडिरहेका छन्। फेब्रुअरी २४ तारिखबाट आक्रमण थालेको रुसले युक्रेनी नागरिक र सेनाको प्रतिरोधका कारण अहिलेसम्म पनि कुनै ठूलो युक्रेनी सहर नियन्त्रणमा लिन सकेको छैन।
रुसी सैन्य आक्रमणपछि युक्रेन कस्तो देश हो, किन युक्रेनमा रुसले आक्रमण गरिरहेको छ भन्ने धेरै जिज्ञासा र प्रश्नहरू आम मानिसहरूमा छन्। यस लेखमा केही प्रश्नहरूको सामान्य जवाफ दिने प्रयास गरिएको छ ।
पूर्वी युरोपमा अवस्थित युक्रेन आफ्नै इतिहास, भूगोल, प्राकृतिक विविधता, संस्कृति, मौलिकता, परम्परा र अर्थतन्त्रको प्रचुर सम्भावनाका कारण निकै महत्त्वपूर्ण देश हो।
सन् १९९१ मा सोभियत सङ्घको पतनपछि स्वतन्त्रता प्राप्त गरेको युक्रेन भूगोलका हिसाबले युरोपमा रुसपछिको दोस्रो ठुलो देश हो। युरोपेली सङ्घ र पश्चिमी युरोपसँग घनिष्ठता बढाएपछि रुसी आक्रमणको सामना गरिहेको युक्रेन कृषि, उद्योग, विज्ञान प्रविधि लगायत धेरै क्षेत्रमा अब्बल देश हो।
युक्रेन विश्वमा गहुँको सबैभन्दा ठुलो उत्पादक देश मध्ये एक हो। युक्रेनको विशाल जमिन उर्वर भएकाले गहुँ र अन्य खाद्यान्न बालीका लागि प्रसिद्ध भएकाले युरोपको ब्रेडबास्केट समेत भनिन्छ। विश्वको सबैभन्दा ठुलो सूर्यमुखी घिउ उत्पादक देश पनि हो। औद्योगीकरण, विज्ञान र प्रविधिमा निकै सशक्त देश युक्रेनका धेरै क्षेत्रहरू संसारमै नाम कमाएका छन्।
युक्रेनको जनसङ्ख्या पनि कम छैन । युक्रेन सरकारको तथ्यांक अनुसार सन् २०२० मा त्यहाँ ४ करोड १९ लाख २ हजार ४ सय जनाको बसोबास छ ।
युक्रेन एक सुन्दर युरोपेली देश हो। युक्रेनका सात वटा सम्पदाहरू विश्व सम्पदा सूचीमा समावेश छन्। इतिहासकै भयानक आणविक प्रकोपको सामना गरेको युक्रेनले अहिले रुसी आक्रमणको सामना गरिरहेकाले पनि युक्रेन के हो भन्ने धेरैमा कौतुहलता बढेको छ।
युक्रेन पूर्वी युरोपमा अवस्थित ठूलो देश हो । ६ लाख ३ हजार ६ सय २८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको युक्रेन युरोपमा रुसपछिको सबैभन्दा ठूलो देश हो । यसको सीमा पूर्वमा रुस, पश्चिममा रोमानिया, मोल्दोभा, हंगेरी, स्लोभाकिया, पोल्यान्ड, उत्तरमा बेलारुस र दक्षिणमा अजोभ सागर र कृष्ण सागर अर्थात् ब्ल्याक सी पर्छ ।
भौगोलिक बनावट हेर्ने हो भने युक्रेनको अधिकांश भूभाग समतल छ । पूर्वमा मङ्गोलियादेखि फैलिएको विशाल घाँसे मैदान पश्चिममा युक्रेन र हंगेरी सम्म पुग्छ । स्टेप भनिने यही घाँसे मैदानमा कुनै समय हाल अङ्ग्रेजी, हिन्दी, जर्मन, फ्रान्सेली, ग्रीक नेपालीजस्ता भारोपेली भाषा बोल्ने जातिका याम्नाया भन्ने पुर्खाहरूले मानव इतिहासमै पहिलो पटक जङ्गली घोडालाई घरपालुवा बनाएको विश्वास गरिन्छ ।
युक्रेनको पश्चिमी क्षेत्रमा कार्पेथियन पहाड छ । कार्पेथियन पहाड पूर्वी युरोपका युक्रेनसहित, चेक गणतन्त्र, पोल्यान्ड, अस्ट्रिया, स्लोभाकिया, हंगेरी, रो मानिया र सर्बियासम्म फैलिएको छ ।
युक्रेनलाई ड्निपर नदीले दुई भागमा विभाजन गर्छ । रुसको भाल्डाई पहाडी इलाकाबाट दक्षिणतर्फ बग्दै आउने यो नदी बेलारुस र युक्रेन हुँदै कृष्ण सागरमा गएर मिसिन्छ । यही नदीको किनारमा राजधानी किभ अवस्थित छ ।
यो नदीले युक्रेनको भूगोललाई मात्रै नभई मानिसहरूको सोच्ने शैली र जीवनशैलीलाई पनि दुई भागमा विभाजन गर्छ । ड्निपर नदीको पूर्वमा बस्ने मानिसहरू रुससँग नजिक रहन चाहने र पश्चिमा बस्नेहरूले युरोपसँग नजिक हुन चाहने बताइन्छ ।
२२ प्रतिशतले भने युक्रेनी र रुसी दुवै भाषा आफ्नो मातृभाषा रहेको जवाफ दिन्छन् ।
युक्रेनको जनसङ्ख्या पनि कम छैन । युक्रेन सरकारको तथ्यांक अनुसार सन् २०२० मा त्यहाँ ४ करोड १९ लाख २ हजार ४ सय जनाको बसोबास छ ।
युक्रेनमा मुख्य गरी स्लाभिक जातिको बसोबास छ । अधिकांश युक्रेनीहरु भारोपेली भाषा परिवार अन्तर्गतको युक्रेनी भाषा बोल्छन् । यो पूर्वी स्लाभिक भाषा समूहभित्र पर्छ । युक्रेनी भाषा केही हदसम्म अर्को पूर्वी स्लाभिक भाषा समूहको अर्को महत्त्वपूर्ण भाषा रुसी र बेलारुसी भाषासँग मिल्दोजुल्दो छ । एज्ग्लोट नामक साइटको तथ्याङ्क अनुसार युक्रेनी भाषा र रुसी भाषा ४३ प्रतिशत मिल्दोजुल्दो छ । युक्रेनी भाषा रुसी भन्दा पनि अर्को पूर्वी स्लाभिक भाषा बेलारुसीसँग अझ बढी मिल्दोजुल्दो रहेको बताइन्छ ।
यद्यपि युक्रेनको ठूलो जनसंख्या रुसी भाषामा पनि निपुण छन् । युक्रेनमा बसोबास गर्ने लगभग २० प्रतिशत रुसी मात्रै नभई धेरै जातीय रूपमा युक्रेनी पनि रुसी भाषा बोल्न र बुझ्न सक्षम रहेको बताइन्छ । राजुम्कोभ सेन्टरको तथ्यांक अनुसार ६० प्रतिशत युक्रेनीहरुको मातृभाषा युक्रेनी हो भने १५ प्रतिशत युक्रेनीले रुसी भाषा आफ्नो मातृभाषा रहेको बताउँछन् । २२ प्रतिशतले भने युक्रेनी र रुसी दुवै भाषा आफ्नो मातृभाषा रहेको जवाफ दिन्छन् ।
यद्यपि युक्रेनमा दैनिक रूपमा मानिसहरू ‘सुर्जिक’ भनिने रुसी र युक्रेनी भाषाको मिश्रण बोल्ने गरेको ल्याङ्गफोकसका पउल योर्गेन्सन बताउँछन् ।
यस्तो छ युक्रेनको इतिहास
सन् १९९१ मा सोभियत सङ्घबाट अलग भएको आधुनिक युक्रेनको इतिहास निकै पुरानो छ । १२ औँ शताब्दीको पूर्वार्द्धमा लेखिएको नेस्तोरको इतिहासअनुसार ९ औँ शताब्दीको अन्त्यतिर नोभगोरोद रुस राज्यका राजकुमार रुरिकका उत्तराधिकारी ओलेगले त्यस बेला तुर्केली–यहुदी खजार साम्राज्यको अधीनमा रहेको किभमा आक्रमण गरी विजय हासिल गरेका थिए ।
यसैबाट ओलेगको साम्राज्यको नाम किएभन रुस रहन गएको इतिहासकारहरू बताउँछन् । १३ औँ शताब्दीमा मङ्गोलहरूको आक्रमणले गर्दा किएभन रुसको अस्तित्व समाप्त भयो भने त्यस सहरका बासिन्दाहरूको नरसंहार गरियो ।
यसको केही समयपछि पूर्वी युरोपमा लिथुएनियन राज्य शक्तिमा आयो र केहीे समयमा नै हालको पश्चिमी युक्रेनमा बसोबास गर्ने स्लाभिक जनसङ्ख्यालाई आफ्नो अधीनमा लियो ।
१५ औँ शताब्दीको मध्यसम्म आइपुग्दा वर्तमान युक्रेनको पश्चिममा लिथुएनिया राज्य र पूर्वी युक्रेनमा विशाल उर्दू वा ‘द ग्रेट होर्ड’ भनिने मंगोल, तुर्केली शासन थियो । मङ्गोलको अधीनबाट स्वतन्त्र भएको मस्को राज्य पनि बिस्तारै शक्ति सुदृढीकरणमा लागेको थियो ।
यसरी चारैतिरबाट विशाल र शक्तिशाली साम्राज्यले घेरिएको युक्रेन लामो समयसम्म यस्तै विदेशी शासकको अधीनमा रहन बाध्य थियो । १८ औँ शताब्दीको शुरुमा स्विडेन विरुद्ध रुसले विशाल उत्तरी युद्ध ‘ग्रेट नदर्न वार’ लड्यो । वर्तमान युक्रेनको पोल्टाभामा रुसी फौजले स्वीडेनको फौजलाई पराजित गरेसँगै युक्रेनमा रुसी साम्राज्यको पकड अझ बलियो भयो ।
सन् १९४४ मा दोस्रो विश्वयुद्धमा हिटलरको पराजयसँगै युक्रेनसहितका पूर्वी युरोपेली देशहरूमा मस्कोको शासन अझ सुदृढ भयो ।
१८ औँ शताब्दीको अन्त्यमा फ्रान्समा भएको क्रान्तिपछि पूर्वी युरोप र बल्कन क्षेत्रमा राष्ट्रवादले जरा गाड्न थालेको थियो । ओटोमन साम्राज्यबाट सर्बिया, ग्रिसजस्ता देशले स्वतन्त्रता पाएसँगै युक्रेनीहरुमा पनि राष्ट्रवादको भावना बलियो बन्दै गइरहेको थियो ।
सन् १९१४ मा सुरु भएको प्रथम विश्वयुद्धसँगै सन् १९१७ मा सुरुमा फेब्रुअरी क्रान्ति र पछि अक्टोबर क्रान्तिले रुसी साम्राज्यको पतन गर्यो । यससँगै युक्रेनीहरु पनि स्वतन्त्रताका लागि हतियार उठाउन बाध्य भए । सन् १९१८ मा युक्रेनीहरुले स्वतन्त्रता घोषणा गरे र युक्रेनी स्वतन्त्रता सङ्ग्राम सुरु भयो ।
सोभियत लाल सेनाले सन् १९२१ मा दुई तिहाइ युक्रेनमा विजय हासिल गरी युक्रेनलाई सोभियत सङ्घ अन्तर्गत पुनः रुसको अधीनमा लिए । लेनिनले युक्रेन र रुसको अरू क्षेत्रमा युद्ध साम्यवाद अर्थात् वार कम्युनिजम अन्तर्गत त्यहाँका किसानहरूबाट अन्न खोस्ने जस्ता नीति लागू गरे । फलस्वरूप युक्रेनमा भोकमरी लाग्यो । लाखौँ मानिसहरू मारिए ।
अक्टोबर क्रान्तिका नेता लेनिनको मृत्युपछि सन् १९२८ मा सत्तामा आएका जोसेफ स्टालिनले सोभियत सङ्घलाई तीव्र गतिमा औद्योगिकीकरण गर्ने नीति लिए । यो नीति लागू गर्न युक्रेनी राष्ट्रवाद अझै उनका लागि चुनौती थियो । उनले पनि लेनिनले जस्तै भोकमरी र अनिकालको सहारा लिए ।
स्टालिनको पञ्चवर्षीय योजनाअनुसार हरेक परिवारले राज्यलाई निश्चित योगदान दिनुपर्थ्यो । सोभियत सङ्घलाई औद्योगिकीकरण गर्न हरेक परिवारले राज्यलाई दिने योगदानको कोटा निर्धारण गरिएको हुन्थ्यो । यस्ता कोटा प्रायः किसान परिवारको उत्पादकत्व भन्दा धेरै हुने गर्थ्यो । यो नीतिका कारण युक्रेनी किसान परिवारले आफूले उत्पादन गरेभन्दा धेरै खाद्यान्न राज्यलाई बुझाउनु पर्थ्यो । नबुझाउने परिवारले कुख्यात सोभियत दमनको सामना गर्नुपर्थ्यो ।
सन् २०२२ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यी दुई राज्यलाई स्वतन्त्र राज्यको मान्यता दिएर २४ फेब्रुअरीमा युक्रेनमाथि सैनिक आक्रमण सुरु गरे ।
फलस्वरूप युक्रेनमा १९३२ र १९३३ मा भोकमरी लाग्यो । भोकद्वारा नरसंहार वा होलोडोमर भनिने यो अवधिमा बीबीसीको तथ्यांक अनुसार ७० लाख सम्म युक्रेनीले ज्यान गुमाउनु पर्यो । युक्रेनसहित धेरै मुलुकहरूमा होलोडोमरलाई हिटलरले यहुदीमाथि गरेको नरसंहारकै निकृष्ट कोटीमा सूचित गरिन्छ ।
दोस्रो विश्वयुद्धका बेला हिटलरको आक्रमण र अधीनस्थसँगै युक्रेनमा नराम्रो विनाश निम्तियो । सन् १९४५ मा दोस्रो विश्वयुद्धमा हिटलरको पराजयसँगै युक्रेनसहितका पूर्वी युरोपेली देशहरूमा मस्कोको शासन अझ सुदृढ भयो । सन् १९९१ मा सोभियत सङ्घको पतन हुनु अघिसम्म युक्रेन रुसकै अधीनमा रहन बाध्य भएको थियो ।
स्वतन्त्रता प्राप्त गरे पनि सन् १९९१ देखि सन् १९९४ सम्म युक्रेनी राष्ट्रपति बनेका लियोनिड क्राभ्चुक र सन् १९९४ देखि सन् २००५ सम्म राष्ट्रपतिको कार्यकाल सम्हालेका लियोनिड कुच्मा पनि सोभियत सङ्घ विघटन भएपछि स्थापित रुसी महासङ्घकै कठपुतली थिए । सन् २००० मा कुच्माले एकजना पत्रकार गियोर्गी गोङ्गाज्देलाई अपहरण गरी हत्या गर्न निर्देशन दिएको क्यासेट बाहिरिएसँगै वर्तमान सत्ताप्रति असन्तुष्टि बढ्दै गयो ।
सन् २००४ मा राष्ट्रपतिका स्वतन्त्र उम्मेदवार भिक्टर युश्चेन्कोको चुनाव हुनु केही महिनाअघि विष खुवाएर हत्या प्रयास भएको थियो । ३१ अक्टोबर २००४ मा भएको पहिलो चरणको निर्वाचनमा कुच्माले उत्तराधिकारी निर्धारण गरेका भिक्टर यानुकोभिच र युश्चेन्कोले समान ३९ प्रतिशत मत प्राप्त गरेर दोस्रो चरणको निर्वाचनका लागि छनौट भए ।
यद्यपि नोभेम्बर २१ मा भएको दोस्रो चरणको निर्वाचनमा भने युश्चेन्कोभन्दा यानुकोभिच अगाडि आए । यो निर्वाचनमा युश्चेन्कोले ४६ प्रतिशत मत प्राप्त गरे भने यानुकोभिचले ४९ प्रतिशत मत ल्याए । तर, निर्वाचनमा धाँधली भएको भन्दै मत परिणाम सार्वजनिक हुने बित्तिकै युक्रेनभर प्रदर्शन सुरु भयो । सुन्तला क्रान्ति भनिने यो प्रदर्शनपछि अदालतले दोस्रो चरणको मतदान फेरि गर्न आदेश दियो । सोही वर्षको क्रिसमस डे का दिन भएको अर्को दोस्रो चरणको निर्वाचनमा भने युश्चेन्को ५२ प्रतिशत मत ल्याउँदै विजय भए ।
सन् २०१० मा भएको राष्ट्रपतीय निर्वाचनमा भने रुस समर्थित यानुकोभिच विजयी भए । तर उनी धेरै लामो समयसम्म सत्तामा टिक्न सकेनन् । उनी अर्को क्रान्तिको सिकार भए । सन् २०१४ मा युक्रेनमा यानुकोभिचलाई अपदस्थ गर्ने गरी युरो मैदान क्रान्ति भयो ।
अधिनायकवादी रुसबाट टाढा रही अरू युरोपेली देशहरूसँग साझेदारी बढाउनुपर्ने र मुलुकमा लोकतन्त्रको स्थापना हुनुपर्ने माग राख्दै लाखौँ जनता सडकमा ओर्लिए । क्रान्तिसँग घुँडा टेक्दै यानुकोभिच भागेर रुस पुगे ।
मैदान क्रान्तिसँगै युक्रेनमा आफ्नो साझेदार गुमाएको रुसले त्यस लगत्तै युक्रेनको क्राइमियामा सेना पठाएर ‘जनमत सङ्ग्रह’ को आयोजना गर्यो । जसमा ९७ प्रतिशतले रुसमा विलय हुन चाहेको भन्दै रुसले क्राइमियालाई आफूमा गाभ्यो ।
सन् २०१४ मा रुसी समर्थक राष्ट्रपतिको बर्खास्ती संगै रुसले युक्रेनको क्राइमिया गाभेपछि रुसकै प्रत्यक्ष सहायतामा रुसी भाषीको बाहुल्यता रहेको पूर्वी युक्रेनको डोनेत्स्क र लुहान्स्क क्षेत्रमा सशस्त्र विद्रोह सुरु भयो ।
सन् २०२२ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यी दुई राज्यलाई स्वतन्त्र राज्यको मान्यता दिएर २४ फेब्रुअरीमा युक्रेनमाथि सैनिक आक्रमण सुरु गरे ।
अहिले रुसले युक्रेनमा गरिरहेको आक्रमणका कारण लाखौँ जनता विस्थापित हुनु परेको छ भने त्यहाँ जनधनको ठूलो क्षति पुगेको छ ।
(स्रोत : युक्रेनी सरकारको आधिकारी वेबसाइट, बीबीसी, टाइम्स अफ इन्डीया, भक्स, सीएनएन)
प्रतिक्रिया