पत्रकारलाई दिएको धम्की तथा आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण « Khabarhub

पत्रकारलाई दिएको धम्की तथा आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण


२२ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले समाचार लेखेकै कारण पत्रकार विराट अनुपमलाई दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै भत्र्सना गरेको छ ।

राज्यको जिम्मेवार निकायका व्यक्तिबाट पत्रकारलाई यसरी खुलारुपमा धम्की दिएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हुनुका साथै प्रचलित कानुनको समेत उपहास भएको महासंघको ठहर छ । महासंघका महासचिव रमेश विष्टले जारी गरेको प्रेस विज्ञप्तिमा महासंघले उक्त घटनाको घोर भत्र्सना गरेको तथा पत्रकारलाई निर्वाध र स्वतन्त्ररुपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराइएको छ ।

धम्की दिने मेयरलाई सार्वजनिकरुपमा माफी मगाई प्रेस स्वतन्त्रताको सम्मान गर्न पनि महासंघले ध्यानाकर्षण गराएको छ ।
जेठ २१ गते पत्रकार अनुपमसँग टेलिफोनमा भएको कुराकानीका क्रममा मेयर चौधरीले ‘तिम्रो नाक भाँच्न एक करोड छुट्याएको छु’ भनेर धम्की दिएका थिए । धम्की दिएको समाचार बाहिर आएपछि पनि पत्रकार अनुपमलाई मेयर चौधरीले फेरि फोन गरी ‘आफ्नो सुरक्षा गर’ भन्दै धम्काएका छन् ।

आफु नेकपाको कार्यकर्ता भएको जनाउँदै उनले परशुराम बस्नेतलाई परिचालन गरिसकेको र आफ्नो सुरक्षा गर्न धम्की दिएका हुन् ।
यसैगरी महासंघले जेठ २१ गते राति धनकुटा शाखाका सदस्य दिलबहादुर राई (आशिष) माथि आक्रमण गर्नेहरुको पहिचान गरी कानुनी दायरामा ल्याई कारबाहीको पनि माग गरेको छ । धरानस्थित डिवीआर अनलाइन टेलिभिनको कार्यालयमा काम गरिरहेको अवस्थामा ४/५ जनाको अज्ञात समुहले कुटपिट गर्दा पत्रकार राईको टाउकोमा गम्भीर चोट लागी धरानस्थित वीपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २२ जेठ २०७६, बुधबार  १ : १७ बजे

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

एजेन्सी– पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

काँक्रेविहार– बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना

स्वास्थ्य बीमा बोर्डले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता गर्दै, उत्कृष्टलाई ५० हजार पुरस्कार 

काठमाडौं–  स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बिमाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

डा. गुप्तामाथि ६ महिनाका लागि मेडिकल काउन्सिलको कारबाही

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले चिकित्सक मनोजकुमार गुप्तामाथि ६ महिनाका लागि

वरिष्ठ डिभिजन वन अधिकृत भट्ट पक्राउ

गोदावरी– कैलालीको वन निर्देशनालयमा कार्यरत वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त