युक्रेनमा तीन बेलायती पूर्वसैनिक मारिएकोबारे अनुसन्धान सुरु « Khabarhub

युक्रेनमा तीन बेलायती पूर्वसैनिक मारिएकोबारे अनुसन्धान सुरु


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी आक्रमणमा युक्रेनमा तीन जना बेलायती पूर्व सैनिक मारिएको समाचारबारे बेलायतको विदेशमन्त्रालयले अनुसन्धान थालेको छ । आइतबार पोल्यान्डको सीमानजिक याभोरिभ सैनिक तालिम केन्द्रमा रुसले हमला गर्दा ३ जना बेलायती पूर्वसैनिक समेत मारिएको हुनसक्ने भन्ने समाचारबारे अनुसन्धान थालिएको बेलायतबाट प्रकाशित हुने इभिनिङ स्ट्यान्डर्ड पत्रिकाले जनाएको छ ।

बेलायती अनुसन्धानकर्ताहरूले यसका लागि युक्रेनी सुरक्षा अधिकारीहरूसँग पनि जानकारी मागिरहेको जनाइएको छ ।

यसअघि बेलायतको डेली मिरर पत्रिकाले मारिएका बेलायतीहरू युक्रेनमा लड्न नभई अरु नै कामका लागि गएको हुनसक्ने जनाएको थियो । यद्यपि उनीहरु के कामले युक्रेन पुगेका थिए वा उनीहरु बेलायती विशेष फौजको कुन शाखामा कार्यरत थिए भन्नेबारे केही खुलाइएको छैन ।

आइतबार रुसले गरेको हमलामा ३५ जना मारिएको युक्रेनी पक्षले जनाएको थियो तर रुसी रक्षामन्त्रालयले भने उक्त आक्रमणमा १८० भन्दा धेरै विदेशी भाडाका लडाकु मारिएको दाबी गरेको थियो ।

(इभिनिङ स्ट्यान्डर्डबाट)

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  १ : ४३ बजे

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड

घोडाघोडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

एजेन्सी– भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या

नाडाको ५०औँ स्थापना दिवसमा ‘५० वर्षको सहयात्रा’ वाकाथन आयोजना

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५०औँ स्थापना

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

मान्म– तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत