यमनमा खाद्यसंकट चुलिएको राष्ट्रसङ्घको चेतावनी « Khabarhub

 यमनमा खाद्यसंकट चुलिएको राष्ट्रसङ्घको चेतावनी


१ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केही वर्षयतादेखि द्वन्द्वमा फसेको यमनमा खाद्यान्नलगायत अन्य आधारभूत आवश्यकताको खाँचो हुँदै गएको चिन्ता व्यक्त गरिएको छ । राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले यमनमा चरम खाद्य संकट उत्पन्न भएको जनाएको हो । पहिलेका वर्षको तुलनामा खाद्यान्नको अभावमा परेका त्यहाँका नागरिकको सङ्ख्या यसवर्ष पाँच गुणा बढेको बताइएको छ ।

एफएओले यमनीहरुका लागि अब केही खाद्यान्न बाँकी नरहेको भन्दै तत्कालै आवश्यकता आपूर्ति गर्नुपर्ने बताएको छ । केही हप्तामात्र अघि पनि संयुक्त राष्ट्रसङ्घीय बालकोष युनिसेफले खाद्यान्न तथा आवश्यक पोषणका अभावमा यमनमा बालबालिका बिरामी पर्न थालेका भन्दै आवश्यक सहयोगका लागि विश्व समुदायलाई आग्रह गरेको थियो ।

यमनमा यस वर्ष चरम खाद्यान्न अभावमा रहेका मानिसहरूको सङ्ख्या लाखौँ हुने बताइएको छ ।  खाद्यान्न सङ्कटको तीव्र वृद्धिलाई चिन्ताजनक भन्दै यमनका लागि सहायता जुटाउन संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले सबैसँग आह्‍वान गरेका छन् ।

द्वन्द्वग्रस्त यमनमा पहिल्यैदेखि रहेको खाद्य सङ्कट थप जटिल बन्ने प्रक्षेपण गरिएकोमा पछिल्लो समयमा रुस र युक्रेनको द्वन्द्वका कारण पनि पुनः यहाँका नागरिकमा यस्तो संकट बढ्नसक्ने भन्दै सहयोगका लागि उनले आग्रह गरेका हुन् ।

(राससबाट)

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ४ : ४७ बजे

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार