रुसले लगायो अमेरिकी राष्ट्रपति बाइडेनमाथि प्रतिबन्ध « Khabarhub

रुसले लगायो अमेरिकी राष्ट्रपति बाइडेनमाथि प्रतिबन्ध


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि प्रतिबन्ध लगाएको छ।

रुसी विदेश मन्त्रालयले राष्ट्रपति बाइडेनसँगै अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कन, रक्षा सचिव लायण्ड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिवन र सीआइए प्रमुख विलियम बन्र्समाथि प्रतिबन्धको घोषणा गरेको हो।

यसले अरु मानिस पनि प्रभावित हुने विदेश मन्त्रालयले बताएको बीबीसीले उल्लेख गरेको छ। रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिका र पश्चिमा देशले रुसमाथि प्रतिबन्ध गरेका छन्। केही रुसी कम्पनी र मानिसलाई पनि प्रतिबन्ध लगाइएको छ।

अमेरिकाले रुसबाट तेल आयात पनि रोकेको छ। पश्चिमा देशको प्रतिबन्ध र चेतावनीपछि रुसले, रुसी तेल प्रतिबन्ध गर्नाले यसको मूल्य ३ सय डलर प्रतिब्यारेल पुग्नसक्ने चेतावनी दिएको छ।

यस्तै जर्मनीको लागि मुख्य ग्यास पाइपलाइन बन्द गर्न सक्ने चेतावनी दिएको छ। रुसी कारवाही यसकै प्रतिक्रियाको रुपमा आएको बताइएको छ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ५ : ४२ बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध