नवलपरासीमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु | Khabarhub Khabarhub

नवलपरासीमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवलपरासी बर्दघाट सुस्ता पुर्वको देवचुली नगरपालिका–१५ धौलागिरी चोकमा बुधबार बिहान बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बसमा सवार रुपन्देही खैरेनी सुर्यापुरा गाँउपालिका–३ की ३७ वर्षीया मायादेवी पाण्डे रहेकी छन् ।

गम्भीर घाइते भएकी पाण्डेको उपचारको क्रममा भरतपुर स्थित कलेज अफ मेडिकल साईन्स अस्पतालमा बुधबार बिहान साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका बसमै सवार मायादेवीका श्रीमान् ४२ वर्षीय मणिराम पाण्डेको सोही अस्पतालमा उपचार भईरहेको छ ।

४२ जना यात्रु लिएर काठमाण्डौबाट बुटवल तर्फ जाँदै गरेको लु २ ख ४३१९ नम्बरको बस बिपरीत दिशाबाट आँउदै गरेको ना ६ ख १७२१ नम्बरको ट्रकसँग बुधबार बिहान पौने ६ बजे ठोक्किएका थियो ।

दुबै सवारीसाधन सहित चालकहरु जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  १ : ४० बजे

इजरायल र इरानबाट नेपालीहरुको उद्धारको तयारीमा छौँ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा रहेका

३४ लाख लागतमा खानेपानी आयोजना निर्माण

बेलबारी– मोरङ लेटाङ नगरपालिका–७  समलावासीको लामो समयदेखि खोला, खोल्सा धाएर

बेलायती सैन्य बेसमा पसे प्रो-प्यालेस्टिनी कार्यकर्ता, दुई लडाकु विमानमा क्षति

लण्डन- बेलायतमा प्यालेस्टिनी समर्थक कार्यकर्ताहरूले एक सैन्य एयरबेसमा तोडफोड गर्दै

पाकिस्तानबाट २६९ अफगान नागरिक स्वदेश फिर्ता

काबुल– पाकिस्तानको जेलमा रहेका कुल दुई सय ६९ अफगान नागरिकलाई

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

काठमाडौं- सांसदहरूले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा मात्रै आवश्यकभन्दा