युनेस्कोकाे टाेली जुम्लामा « Khabarhub

युनेस्कोकाे टाेली जुम्लामा


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जीवन रुपान्तरण गर्ने शिक्षा लागु गर्नका लागि युनेस्कोको टोली जुम्ला पुगेको छ । सिक्नका लागि नागरिक सहभागिताको अभियान नामक कार्यक्रम बोकेर युनेस्कोको टोली जुम्ला पुगेको हो ।

जुम्लाको चन्दननाथ नगरपालिका शिक्षा शाखासँगको स्थानीय समन्वयमा नगरपालिकाका विद्यालयका शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, नागरिक समाज, सामाजिक संस्थासँग जिल्लाको विकास, समृद्धि, सभ्यता, संस्कारसहितको जीवन रुपान्तरण  गर्ने  शिक्षाका बारेमा प्रशिक्षण दिइएको नेपाल राष्ट्रिय आयोगका सचिवालय सचिव गोविन्द अर्यालले बताए ।

उनका अनुसार अधिकृत पदमराज जोशीसहितको टोलीले जिल्लामा सरोकारवाला निकायसँग यहाँका अनुभव तथा सभ्यता संस्कृति संरक्षण लगायतका विषयमा छलफल गरेको छ ।

चन्दननाथ नमुना माध्यामिक विद्यालयमा एक दिने रुपान्तरणका निम्ति  सिक्नका लागि सिकौँ नागरिक सहभागिता कार्यक्रममार्फत  युनेस्कोले सरकारले शिक्षा क्षेत्रमा गरेका काम र बनेका नीतिका बारेमा छलफल गरेकाे छ ।

निमित्त नेपाल राष्ट्रिय आयोगका सचिवालयका सचिव गोविन्द अर्यालले समाजमा सकारात्मक रुपान्तरणका विषयमा जिल्लाको वस्तुस्थितिको विषयमा जानकारी लिन कार्यक्रम आयोजना गरिएको बताए  ।

उनले समाजमा भएका विकृति कम गर्दै हाम्रो संस्कृतिको सम्मान र संरक्षण गर्न आवश्यक भएकाले सिञ्जा सभ्यता, खस सभ्यताको विषयमा जानकारी लिनेसमेत बताए ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत आयोगको सचिवालय रहेको बताउँदै उनले काम गर्ने क्रममा विभिन्न चुनौती र समस्या  रहेको बताए ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  २ : २९ बजे

इजरायलमा रोजगारी खुल्ने विषय अन्योलमा पर्दा प्रक्रिया पूरा गरेका युवा आन्दोलित

काठमाडौं– इजरायल रोजगारी खुल्ने विषय अन्योलमा पर्दा विगतदेखि प्रक्रिया पूरा

ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ

गण्डकी– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ भुर्जुङखोलास्थित मुलखेत कुनैबेला हिलो र झाडीले

फ्लोटिलामा भएको इजरायली आक्रमणको चौतर्फी निन्दा

एजेन्सी– विश्व व्यापी सुमुद्र फ्लोटिलामा भएको पछिल्लो इजरायली आक्रमणको इन्डोनेसियासहित

ट्रम्पपछि बेइजिङमा पुटिन, विश्व राजनीति चीन–रुस धुरीतर्फ केन्द्रित

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही घण्टामै

प्रतिनिधिसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्