‘युक्रेनीहरु शोकमग्न छन्’ – युक्रेनमा मारिएका पत्रकारको परिवारलाई जेलेन्स्कीको चिठी « Khabarhub

‘युक्रेनीहरु शोकमग्न छन्’ – युक्रेनमा मारिएका पत्रकारको परिवारलाई जेलेन्स्कीको चिठी


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणका क्रममा मारिएका पत्रकारका परिवारप्रति समवेदना प्रकट गर्दै चिठी लेखेका छन् ।

उनले रेनोडको मृत्युप्रति उनको परिवारका साथै युक्रेनीहरु पनि शोकमा डुबेको उल्लेख गरेका छन् ।

रेनोडलाई ‘प्रतिभाशाली एवम् वीर पत्रकार’ भन्दै उनले दशौं लाख युक्रेनीहरुको मानवीय दुःख र पीडा उजागर गरेको पनि जेलेन्सकीले जनाएका छन् ।

आक्रामक मुलुकबाट युक्रेनीविरुद्ध भइरहेको ज्यादती र कठोरताका बारेमा विश्वलाई जानकारी दिन उनले अत्यन्त खतरनाक युद्धग्रस्त क्षेत्रको साहस र दृढतापूर्वक भ्रमण गरेको बताउँदै जेलेन्स्कीले उनको मृत्युप्रति पूरा युक्रेन नै शोकमग्न भएको बताए ।

तस्वीर- ट्विटर/जेलेन्स्की

युक्रेनको राजधानी किभबाहिर रहेको इरपिन शहरमा गत आइतबार मारिएका न्यु योर्क टाइम्सका पत्रकार ब्रेट रेनोडको परिवारलाई चिठी लेखेका हुन् ।

रुसी आक्रमणको सामना गरिरहेकाे युक्रेनमा मारिने रेनोड एकमात्र पत्रकार भने होइनन् । हालै युक्रेनमा अमेरिकी टेलिभिजन च्यानल फक्स न्युजका दुइ पत्रकार मारिएकाे समाचार आएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  २ : ३४ बजे

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको

यी भूभागमा वर्षाको सम्भावना, कोशी प्रदेशमा ठूलो पानी पर्नसक्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा