बेलायती प्रधानमन्त्री खाडी मुलुकको भ्रमणमा « Khabarhub

बेलायती प्रधानमन्त्री खाडी मुलुकको भ्रमणमा


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायती प्रधानमन्त्री बोरिस जोनसन बुधबार खाडी मुलुकको भ्रमणमा निस्केका छन् । उच्च नेतृत्वसँग छलफल गरी इन्धन बजारलाई सन्तुलनमा राख्न पहल गरिने बताएका छन् । यूएईका राजकूमार मोहम्मद बिन जायदसँग वार्ताका लागि जोन्सन अबु धाबी पुगेको बीबीसीले जनाएको छ । उनी उतैबाट रियाद पनि जाने जनाइएको छ ।

रूस–यूक्रेन युद्धका कारण गन्जागोल बनेको इन्धन बजारलाई शान्त पार्नका लागि थप तेल पम्प गर्न साउदी अरब र संयुक्त अरब इमिरेट्स यूएईसँग छलफल हुने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

रूसी तेलमा आफ्नो निर्भरता अन्त्य गर्न र तेल बजार सन्तुलनमा राख्ने प्रयासवरूप उनले यूएई र साउदी अरबको भ्रमण तय भएको बताइएको छ ।

तेलको मूल्यमा अत्यधिक अस्थिरता देखिएपछि उनले खाडी क्षेत्रको भ्रमण गर्न लागेको भएपनि भ्रमणका क्रममा गत शनिबार साउदी अरबद्वारा ८१ जनालाई दिइएको मृत्युदण्डबारे पनि छलफल हुन सक्ने अनुमान गरिएको छ ।

बेलायती प्रधानमन्त्रीले राजकुमार मोहम्मदसँग मानवअधिकारको चिन्ता र हालै ठूलो सङ्ख्यामा दिइएको मृत्युदण्ड र युक्रेनमा रूसको आक्रमणमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको निन्दा गर्न आग्रह गर्ने बताइएको छ । विश्वका दुई ठूला तेल निर्यातकर्ता र दुवैको रुससँग सम्बन्ध रहेको साउदी अरेबिया र युएई अहिलेसम्म रुसविरुद्ध अडान लिनबाट जोगिएका छन् ।

जोन्सनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘कठोर’ आक्रमणको प्रभाव युरोपभन्दा धेरै टाढा महसुस हुने भ्रमणमा निस्कनुअघि विमानस्थलमा बताएका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ७ : १५ बजे

नेकपाको महाधिवेशन आगामी मङ्सिर ११-१५ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं– काठमाडौँ महानगरपालिका–१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका

धोबीखोला करिडोरका सुकुम्वासी बस्तीमा डोजर, हेर्नुहोस् ड्रोन भ्यू

काठमाडौं– शनिबार काठमाडौंको धोबीखोला करिडोर आसपासका अतिक्रमित सरकारी जग्गामा निर्माण

अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष

रोल्पा दुर्घटनाबारे रास्वपापछि बोल्यो प्रधानमन्त्री कार्यालय

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रोल्पाको थवाङ गाउँपालिका–१, सल्यापमा भएको