बेलायती प्रधानमन्त्री खाडी मुलुकको भ्रमणमा « Khabarhub

बेलायती प्रधानमन्त्री खाडी मुलुकको भ्रमणमा


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायती प्रधानमन्त्री बोरिस जोनसन बुधबार खाडी मुलुकको भ्रमणमा निस्केका छन् । उच्च नेतृत्वसँग छलफल गरी इन्धन बजारलाई सन्तुलनमा राख्न पहल गरिने बताएका छन् । यूएईका राजकूमार मोहम्मद बिन जायदसँग वार्ताका लागि जोन्सन अबु धाबी पुगेको बीबीसीले जनाएको छ । उनी उतैबाट रियाद पनि जाने जनाइएको छ ।

रूस–यूक्रेन युद्धका कारण गन्जागोल बनेको इन्धन बजारलाई शान्त पार्नका लागि थप तेल पम्प गर्न साउदी अरब र संयुक्त अरब इमिरेट्स यूएईसँग छलफल हुने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

रूसी तेलमा आफ्नो निर्भरता अन्त्य गर्न र तेल बजार सन्तुलनमा राख्ने प्रयासवरूप उनले यूएई र साउदी अरबको भ्रमण तय भएको बताइएको छ ।

तेलको मूल्यमा अत्यधिक अस्थिरता देखिएपछि उनले खाडी क्षेत्रको भ्रमण गर्न लागेको भएपनि भ्रमणका क्रममा गत शनिबार साउदी अरबद्वारा ८१ जनालाई दिइएको मृत्युदण्डबारे पनि छलफल हुन सक्ने अनुमान गरिएको छ ।

बेलायती प्रधानमन्त्रीले राजकुमार मोहम्मदसँग मानवअधिकारको चिन्ता र हालै ठूलो सङ्ख्यामा दिइएको मृत्युदण्ड र युक्रेनमा रूसको आक्रमणमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको निन्दा गर्न आग्रह गर्ने बताइएको छ । विश्वका दुई ठूला तेल निर्यातकर्ता र दुवैको रुससँग सम्बन्ध रहेको साउदी अरेबिया र युएई अहिलेसम्म रुसविरुद्ध अडान लिनबाट जोगिएका छन् ।

जोन्सनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘कठोर’ आक्रमणको प्रभाव युरोपभन्दा धेरै टाढा महसुस हुने भ्रमणमा निस्कनुअघि विमानस्थलमा बताएका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ७ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै