सांग्रिला बैंकले कर्मचारीलाई साइकलको प्रयोग गर्न अभिप्रेरित गर्दै « Khabarhub

सांग्रिला बैंकले कर्मचारीलाई साइकलको प्रयोग गर्न अभिप्रेरित गर्दै


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्धनको खपत घटाउन सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना कर्मचारीहरूलाई साइकलको प्रयोग गर्न अभिप्रेरित गर्न थालेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र यसको वढ्दो खपतले निम्त्याउन सक्ने अवस्थालाई मध्यनजर गरी इन्धन खपत कम गर्ने उद्देश्यका साथ आफ्ना कर्मचारीलाई साइकल प्रयोग गर्न अभिप्रेरित गर्न थालेको बैंकले आज विज्ञप्तिमार्फत् जनाएको हो ।

बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीलाई कार्यालय आवातजावत गर्दा साईकलको प्रयोग गर्न वा हिँडेर कार्यालय आउन उत्प्रेरित गरेको पनि बैंकले जनाएको छ ।

सकेसम्म चार पांग्रे सवारी साधन प्रयोग गर्दा एक्लै यात्रा नगरी अन्य कर्मचारीलाई समेत सोही साधनमा यात्रा गराउन र सो सम्भव नभएको अवस्थामा सकेसम्म चार पांग्रे सवारी साधनको सट्टा दुई पांग्रे सवारी साधनको प्रयोग गर्न वा सार्वजनिक सवारी साधनको प्रयोग गरेर कार्यालय आवतजावत गरी इन्धनखपत घटाउने प्रयासमा योगदान दिन पनि बैंकले आफ्ना कर्मचारीलाई आग्रह गरेको छ ।

बैंकले विद्युतीय सवारी साधन खरिद तथा प्रयोगमा वृद्धि ल्याउन सोही अनुसार सवारी साधनकर्जासम्बन्धी प्रोडक्ट पेपरहरूमा परिमार्जन गरी प्रोडक्ट पेपरको प्रबर्द्धन गर्न लागेकोसमेत जानकारी दिएको छ ।

देशमा इन्धनको खपत सक्दो कम गरी वातावरण स्वच्छ राख्न ‘सेफ फ्युल च्यालेन्ज’ भन्ने नाराका साथ अगाडि बढेको पनि बैंकले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ११ : ५८ बजे

लोकतान्त्रिक सुधारमा बंगलादेशको मतदान

एजेन्सी– बंगलादेशले सन् २०२४ को जनविद्रोहपछि पहिलो संसदीय निर्वाचनसँगै व्यापक

साइबर आक्रमणपछि सुरक्षा कडा गर्ने तयारीमा जापान एयरलाइन्स

एजेन्सी– जापान एयरलाइन्सले आफ्ना बस्तु वितरण सेवाको आरक्षण प्रणालीमा अनधिकृत

११ वर्षको पर्खाइपछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ खबराका सुवास घिमिरेले ११ वर्षको प्रतीक्षापछि

‘एआई’मार्फत किसानलाई डिजिटल कृषि सल्लाह, ‘कनेक्ट’ किसान र एनएएएमपीबीच सहकार्य

काठमाडौं– ‘एआई’ प्रविधिद्वारा किसानलाई डिजिटल कृषि सल्लाह उपलब्ध गराउन कृषि

अख्तियार दुरुपयोग राज्य र सामाजिक न्यायमाथिको गम्भीर चुनौती : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि नभएर