धवलागिरि हिमाल आरोहणका लागि आउन थाले आरोहीहरू | Khabarhub Khabarhub

धवलागिरि हिमाल आरोहणका लागि आउन थाले आरोहीहरू


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- धवलागिरि हिमाल आरोहणका लागि आरोही  पर्यटकहरु आउन थालेका छन् ।

म्याग्दी स्थित हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल धवलागिरि गाउँपालिका ४ मा पर्छ ।

विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेपछि चहलपहल सुरु भएको छ। वसन्तकालीन याममा हिमाल चढ्ने अनुमति लिएका १० जना आरोही हेलिकोप्टर र पैदलयात्रा गरेर आधार शिविरमा पुगेका आधार शिविरका होटल व्यवसायी हरिप्रसाद तिलिजाले बताए ।

वसन्त ऋतु (चैत्र- वैशाख )मा आरोहण गर्ने पहिलो टोली आधार शिविर आइपुगेका छन् ।  उनले भने कोरोना सक्रंमणको दर घटेको र कोरोना विरुद्धको खोपको पहुँच बढेकाले अब पर्यटकीय गतिविधि बढ्ने अपेक्षा छ ।

इमेजिङ नेपाल ट्रेकमार्फत आएका आरोही ताकमबाट हेलिकोप्टर चढेर आधार शिविर गएका स्थानीयस्तरमा आरोहण टोलीको व्यवस्थापनमा खटिएका  इन्द्रसिंह शेरचनले बताए ।

दश जनाको टोली हेलिकोप्टरबाट धौलागिरि आधार शिविर पुगेका छन्”, उनले भने अन्नपूर्ण हिमाल आरोहणको अनुमति लिएका पर्वतारोही काठमाडौँबाट आउने तयारीमा छन् ।

अमेरिका, जापान, चीन, क्यानडा, नर्वे लगायत देशका पर्वतारोही धवलागिरि आरोहणका लागि आएका हुन् । गत शरद ऋतुमा ४० जनाले धौलागिरि आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिएका थिए ।

सन १९६० मे महिनाको १३ तारिखमा अस्ट्रेलियन नागरिक कुर्ड डिम्बकरले पहिलो पटक धौलागिरि हिमालको आरोहण गरेका थिए ।  

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ७ : ५० बजे

‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए 

म्याग्दी– म्याग्दीमा उत्पादन हुने कोदोका परिकारको विविधिकरण र बजारीकरण हुन

गफ जोतेर जीविका चलेको मुलुक !

हिउँजस्तै बकुल्लो देखेपछि एउटा कालो कागलाई खपिनसक्नु पीडा भएछ ।

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि…

पर्वत– सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको मोदी

रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै

सुर्खेत– डोल्पाको त्रिपुराकोट नगरपालिका–१ त्रिपुराकोटबाट जुम्लाको मौरे सडक जोड्नका लागि

शहरी विकास मन्त्रालयले आज क्रिकेट मैदानको प्यारापिट र फलडलाइट क्यानलाई हस्तान्तरण गर्दै

काठमाडौं – शहरी विकास मन्त्रालयले आज त्रिवि क्रिकेट मैदानको प्यारापिट